Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
गतिविधि

अखिल क्रान्तिकारीका संयोजकमा मल्ल

शनिबार, २६ पुस २०७१

काठमाडौं २६ पुस / एकिकृत नेकपा माओवादी निकट विद्यार्थी सँगठन अखिल क्रान्तिकारीका उपाध्यक्ष रमेश मल्ललाई पार्टिले संयोजकको जिम्मेवारी दिएको छ । अध्यक्ष हिमाल शर्माले राजिनामा दिएपछि संगठन ६ महिना देखि नेतृत्व विहिन थियो ।
शर्मा पार्टिको काठमाडौं जिल्ला ईञ्चार्ज भएसंगै संगठन भित्रै विवाद चर्किएपछि उनले राजिनामा गरेका थिए । उनले  राजिनामा गरेपनि कसलाई पद हस्तान्तरण गर्ने भन्नेमा पार्टिमा विवाद हुँदै आएको थियो । संगठनको २० औं राष्ट्रिय सम्मेलन गर्नका लागि मल्ललाई संयोजक तोकेको पार्टिले जनाएको छ ।
दोश्रो संविधान सभा निर्वाचनमा शर्मा एकिकृत माओवादीका तर्फबाट काठमाडौं क्षेत्र नम्बर ६ का उम्मेद्वार समेत भएका थिए । 

प्रतिक्रिया