Edukhabar
मंगलबार, ११ बैशाख २०८१
जिव्रो

शिक्षकहरु स्थानीय सरकार मातहत, शिक्षक महासंघको औचित्य समाप्त

शुक्रबार, २५ फागुन २०७४

Deepak Chander Ojha

नेपाल शिक्षक महासंघ त्यस्तो संस्था हो जसलाई नेपालका शिक्षक समुदायको साझा छाता संगठनका रुपमा लिइन्छ । त्यही शिक्षक महासंघ आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनको आज भव्यताका साथ उद्घाटन गरेको छ । उक्त शिक्षक महासंघले नेपालका सम्पुर्ण शिक्षक र विद्यालय कर्मचारीको प्रतिनिधित्व गर्नुपर्ने हो, तर त्यसमा शंका नै छ, शंका यश अर्थमा छ कि, नेपाल शिक्षक महासंघको सदस्य हुनको लागि कुनै न कुनै शिक्षक संघसंगठन संग आबद्ध हुनु जरुरी छ, राजनीतिक विचार, वैचारिक आस्था, सोच, चिन्तन तथा व्यक्तिगत तथा पेसागत समस्याहरूका कारण त्यस्ता संघसंगठनमा आबद्ध हुन नसकेमा शिक्षक महासंघको सदस्य समेत हुन नपाउने स्पष्ट नै छ, त्यस्ता शिक्षक तथा विद्यालय कर्मचारीको संख्या धेरै नहोला, तर जति छन तिनीहरुको प्रतिनिधित्व त महासंघमा भएन । तसर्थ महासंघमा सम्पुर्ण शिक्षक कर्मचारीको प्रतिनिधित्वका कुरा गलत सावित भएका छ्न ।

अब अर्को एउटा प्रश्न उठ्छ कि आजको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यमा शिक्षक महासंघको आवश्यकता छ कि छैन? नेपालमा संघीयता कार्यान्वयन हुने क्रममाविभिन्न निकायमा कार्यरत जनशक्तिले कसरी सम्मानजनक समायोजनमा जाने छलफल चलाए र अन्य निकायको सांगठनिक संरचना जिल्ला, क्षेत्र, विभाग हुँदै केन्द्रिय स्तर सम्म हुने भएको ले प्राय सबैको सम्मानजनक समायोजन हुँदैछ, तर शिक्षकहरुको सांगठनिक संरचना विद्यालय सम्म मात्र सिमित हुने भएकोले उनिहरुलाई अपमानजनक तवर ले स्थानीय सरकारको मातहतमा ल्याइयो, त्यस्तो जटिल परिस्थितिमा शिक्षक महासंघको भुमिका निष्क्रिय रह्यो भने अब शिक्षकहरु स्थानीय सरकारको मातहतमा आइ सके पछि महासंघको कुनै खासै आवश्यकता देखिदैन ।

शिक्षक महासंघले शिक्षकहरूका व्यक्तिगत पेसागत समस्या समाधानमा सहयोग गर्छ भन्ने कुरा पनि गलत नै साबित भएको छ, त्यसको लागि धेरै टाढा जानू पर्दैन, मेरै केस हेरे हुन्छ, म संग मागेको चारलाख रकम तिर्न नसक्दा मेरो सरुवा रोकिएको समाचार प्रकाशित हुँदा पनि महासंघको कुनै पनि मित्रले वास्तविकता खोज्ने प्रयास गरेनन्, विद्द्यालयमा विव्यस गठन नहुनुमा शिक्षक लाई दोषी ठहर्‍याइ चार लाख माग गर्दा नि महासंघ मौन नै देखियो, अस्थायी, राहत, करार, बालविकास, विद्यालय कर्मचारीका तमाम पेसागत समस्या छन, घरापायक शिक्षकका समस्याहरु छन, विस्थापित शिक्षकका समस्याहरु छन, तर महासंघले आज सम्म केही गर्न सकेको छैन,

प्रतिक्रिया