Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
विदेशमा शिक्षा

पोखरामा शैक्षिक मेला हुने

शुक्रबार, २९ साउन २०७२

पोखरा २९ साउन / विदेशमा पढ्न जान चाहने विद्यार्थीलाई परामर्श र जानकारी दिन पोखरामा शैक्षिक मेला हुने भएको छ । नेपाल शैक्षिक परामर्श संघ ईक्यान  कास्कीले भदौ १ गते देखि गर्ने मेलामा ५७ वटा स्टल तथा ६ वटा पाभिलियन रहने ईक्यान कास्किले जनाएको छ । मेला सभागृहमा हुने छ ।

तेस्रो पटक हुन लागेको तिन दिने मेलामा पोखरा र आसपासका जिल्लाका विद्यार्थी र अभिभावकहरुको सहभागिता रहने आयोजकको अपेक्षा छ । मेलामा शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी शैक्षिक संस्थाहरु तथा भारत, चीन, बांगलादेश, जापान, फ्रान्स, अमेरीका, बेलायत, न्युजील्याण्ड, अष्ट्रेलीया, आयरल्याण्ड, नर्वे, फिनलैण्ड, मलेसिया, जर्मनी, रुस, डेनमार्क लगायत देशका कलेज तथा विश्व विद्यालयका आधिकारिक प्रतिनिधिहरुको सहभागीता हुने जनाईएको छ ।

मेलामा ब्यवसायीहरुले प्रभावकारी सूचना प्रवाह गरि सहि परामर्श दिने अपेक्षा गरेको ईक्यान कास्किका उपाध्यक्ष एवं मेलाका संयोजक मिलन तिवारीले बताए । नेपाली विद्यार्थीलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा त्यसको भविष्यको विषयमा पर्याप्त सूचना प्रवाह गर्नुका साथै स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु, विश्वविद्यालयहरु तथा त्यहाँ प्राप्त हुन सक्ने सहुलियत, सुविधा एवम् गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीको पहुँचको लागि परामर्श सेवा प्रदान गर्ने उनले बताए ।

मेलाको ब्यवस्थापन वान अपले गर्ने छ ।

प्रतिक्रिया