Edukhabar
विहीबार, १५ चैत्र २०८०
जिव्रो

लेखेर राख्नुस् : शिक्षकको आत्मसम्मान नभए शिक्षाले सहि दिशा लिदैंन

सोमबार, १७ बैशाख २०७५

 

 

Hemnath Chaulagain

नयाँ शैक्षिकसत्र लागेको छ । सबै विध्यार्थी संघ , सङगठन हरु आफ्नो वर्चस्व जोगाउन वडाे क्रान्तिकारी बनेर गुणस्तरीयताका कुरा गर्दै सरकारी शिक्षकले , त्यसमा पनि अस्थायी शिक्षकले गुणस्तर विगारे भन्दै अब उनीहरुको स्थानमा आफुहरुलाइ नियुक्त गर्नुपर्ने वेतुकका तर्क गर्दै आमरण अनशन को ध्व्वास मात्र पिटिरहेका छैनन्् उता निजि विध्यालयले चर्को फी लिएको आरोप लगाउदै टेवल मुनिबाट अकुत कमिशन कुम्ल्याउन पछिपरेका छैनन् ।

अर्कोतिर पेशागत संघ , सङ्गठनका छोटे ,वढे राजा देखि राजनैतिक दलका वढे वढे महाराजाहरु समेत ले अविभावकको अर्थ र जिम्मेवारी समेत नबुझी कुनै गरिवका बच्चा वच्ची उठाएर विध्यालयमा भर्ना गरि आफू कुशल अविभावक भएको नौ टङकि फेसन मात्र चलाएका छैनन , अस्थायी शिक्षककै कारण सार्वजनिक शिक्षा बिग्रेको गलत आरोप लगाएर यी शिक्षकलाइ विस्थापित गर्ने कुत्सित नियत वोकेर अनेक गोष्ठी र सेमिनार का नाउमा करोडौं रकम समेत दोहन गरिरहेछन । गुणस्तर कायम गर्ने र निजि विध्यालयको लूटतन्त्र वाट आम सर्वसाधारण लाइ मुक्ति दिने औषधि केहो भन्ने सत्बुद्धी यिनिहरुको कहिले पलाएन । यिनिहरुको गुणस्तरीयता कायम गर्ने र निजि विध्यालयको लुट रोक्ने औसधि भनेको त अर्थ न बर्थ गोविन्द गाई , टाउकाे दुखेकाे औषधि नाइटाेमा लाई भन्ने उखान जस्तै हो ।

सरोकारवालालाई याद रहोस् , सबै शिक्षकहरुलाइ आत्मसम्मान महसुस हुनेगरी मर्यादाक्रममा राख्दै ,वृत्ती विकाशको अवसर तथा अस्थायी शिक्षकको न्यायीक व्यवस्थापन नभए सम्म मुलुक को शिक्षाले सहि दिशा लिन सक्दैन ।लेखेर राखे हुन्छ ।

प्रतिक्रिया