Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
विदेशमा शिक्षा

विदेश अध्ययन गर्न चाहनेलाई परामर्श दिन शैक्षिक मेला

सोमबार, ०७ असार २०७२

काठमाडौं ७ असार / विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई एकै थलोबाट आवश्यक जानकारी र परामर्श दिने उद्धेश्यले शैक्षिक मेला हुने भएको छ । नेपाल शैक्षिक परामर्श संघ ईक्यानले गर्न लागेको यो मेला नबौं मेला हो । मेला असारको १७ देखि २० गते सम्म हुने छ । मेलामा शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु तथा भारत, चीन, बांगलादेश, जापान, फ्रान्स, अमेरीका, बेलायत, न्युजील्याण्ड, अष्ट्रेलिया, आयरल्याण्ड, नर्वे, फिनलैण्ड, मलेसिया, जर्मन, रुस, डेनमार्क लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारीक प्रतिनिधिहरुको सहभागीता हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा ईक्यानका अध्यक्ष राजेन्द्र बरालले जानकारी दिए । 

विश्व ग्लोवल भिलेजको रुपमा परिवर्तित भईरहेको वर्तमान परिवेशमा नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावि सम्भावना एवम् अवसरहरु जस्ता विषयमा पर्याप्त सूचना प्रवाह गर्नुका साथै स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु, विश्वविद्यालयहरु र त्यहाँ प्राप्त हुन सक्ने छात्रवृत्ति, सुविधा एवम् गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीको पहुँचको लागि परामर्श सेवा प्रदान गर्ने उद्देश्य एवम् दायीत्व भएको ईक्यानले जनाएको छ ।

मेलाको उद्घाटन प्रधानमंत्री सुशिल कोइरालाले गर्ने जनाईएको छ । मेलामा एक लाख पचास हजार भन्दा वढिले अवलोकन गर्ने ईक्यानको अपेक्षा छ । मेलामा सहभागिताका लागि विभिन्न देशका राजदुतावास तथा कुटनितिक नियोगहरुलाई समेत आग्रह गरिएको ईक्यानले जनाएको छ । मेलामा २ सय स्टल तथा ५ वटा पेभिलियन हुनेछन् । शैक्षिक मेलामा मनमोहन मेमोरियल शिक्षण अस्पताल र कान्तिपुर डेन्टल कलेजले सहकार्य तथा सहयोगमा चारैदिन रक्तदान तथा निशुल्क स्वास्थ्य कार्यक्रम हुने छ ।

अन्र्तवार्ता

विदेशका विद्यार्थी नेपाल ल्याउन कुनै गाह्रो छैन : ईक्यानका द्धितीय उपाध्यक्ष तथा  मेला आयोजक समितिका संयोजक रामचन्द्र पौडेल 

यस अघिका मेला र यो मेलामा के फरक छ ?

भूकम्पका कारण पीडा भएको अवस्थामा शुरुमा त मेला होला नहोला भन्ने थियो । अघि पछिको तुलनामा जस्तो यो मेला भएको छैन । आठौं मेला सम्म हेर्नु भो भने ब्यापार केन्द्रित थियो । तर, अहिले हामीले ब्यापार भन्दा पनि मानिसको जनजीवनलाई सामान्य बनाउन राज्यलाई केही टेवा पुर्याउँ भनेर यस्तो अवस्थामा पनि मेला गर्न लागिरहेका छौं । विभिन्न ठाउँबाट जनजीवन सामान्य बनाउन विभिन्न कृयाकलाप भईरहेका छन् भने हामी पनि त एउटा संस्था हौं हामी किन यसमा साथ नदिने ? भनेर हामीले यस्तो अवस्थामा पनि मेला गर्न लागेका हौं ।  मेलामा हामी जति पनि सहभागि हुन लागि रहेका छौं हामीले ब्यापार नै हुन्छ भन्ने सोचेका पनि छैनौं ।

तपाईले मेला गर्दा भूकम्प पछिको जनजीवन सामान्य बनाउन सघाउन सकिन्छ की भन्ने कुरालाई जोड दिनु भो, यो एउटा सामाजिक उत्तरदायित्वको कुरा भयो, यो मेलामा सहभागि हुनेहरुलाई के फाईदा होला त ?

एउटै छाता मूनि विभिन्न देशका विभिन्न कलेज, ईन्टिच्युट र विश्वविद्यालयका प्रतिनिधि सहभागि हुने हुँदा विद्यार्थी र अभिभावकले एकै ठाउँमा फरक फरक जानकारी तथा परामर्श पाउनु हुन्छ । त्यसले गर्दा उहाँहरुलाई सहयोग हुन सक्छ । यसको अलावा यही क्षेत्रमा कृयाशिल परामर्श दाता संस्थाहरुले पनि आफ्नो कार्यक्रमहरुका बारेमा एकै पटक धेरै जनालाई जानकारी नि सक्नेछन् । जसले गर्दा भूकम्प पछिको जनजीवन सामान्य बनाउन सघाउनुका साथ साथमा परामर्श पनि पाईने भो ।

मेला भईसकेकपछि के होला भन्ने अपेक्षा गर्नु भा छ त ?

यो एउटा बृहत मेला हो । ईक्यानले छुट्टा छुट्टै देशका लागि छुट्टा छुट्टै मेला पनि गर्दै आईरहेको छ । जसरी अष्ट्रेलिया, न्युजिल्याण्डको मात्रै पनि भयो । ईण्डियाको मात्रै पनि भयो । यस्तै जापानका लागि मात्रै राख्ने पनि योजना छ । यसै गरी मेडिकल कार्यक्रम केन्द्रित मात्रै गरेर चाईना, फिलिपिन्स र बंगलादेशका लागि मेला गर्ने योजना बनाउँदै छौं । यस्ता मेला गर्दा काठमाण्डु मात्रै नभएर चितवन पोखरा लगायतका मुख्य शहरहरुमा केन्द्रित गरेर मेला गर्ने कार्य अघि बढिरहेको छ । त्यसैले समग्रमा यस्ता मेलाबाट विद्यार्थी, अभिभावक र ब्यवसायीलाई टेवा पुग्ने अपेक्षा नै मुख्य हो ।

तपाईलाई कहिले काँही देशको शिक्षा भन्दा पनि विद्यार्थीलाई विदेश पठाउनका लागि मात्रै केन्द्रित भयौं जस्तो लाग्दैन ?

बडा मिठो प्रश्न सोध्नु भो । हामीसंग विद्यार्थी परामर्शको लागि आउँदा हामी उनीहरुलाई यहाँका सम्भावनाका बारेमा पनि कुरा गर्छौं । नेपाली विद्यार्थीले बाहिरबाट पनि उच्च शिक्षा लिन सक्छन्, नेपालमा मात्रै हैन । त्यो त उनीहरुको रुचि र छनौटको कुरा हो । शिक्षा लिने भनेको स्वतन्त्र कुरा पनि हो । समस्या के हो भने बाहिर गएका विद्यार्थी बाहिरै पलायन हुन्छन् । तर कतिपय विद्यार्थी बाहिरबाट आएर उच्च ओहोदामा पुगेकै छन् । सम्झनु पर्ने कुरा नेपालमा पढ्न सक्ने विद्यार्थीलाई यहिँ पढ पनि भन्छौं । नेपाली विद्यार्थी मात्रै हैन, विदेशबाट नेपाल पढ्न आउन चाहने विद्यार्थीलाई समेत भित्र्याउनु पर्छ भन्ने हाम्रो सोचाई हो । हामीसंग विभिन्न देशका विश्वविद्यालयको सम्पर्क राम्रो सम्बन्ध छ । त्यहाँका विद्यार्थी नेपालमा पढ्न ल्याउन कुनै गाह्रो छैन । उनीहरु यहाँ आउन पनि चाहन्छन् राज्यले त्यो खालको वातावरण बनाईदिने हो भने आदान प्रदान गर्न पनि सकिन्छ ।

यस्ता मेलाहरुमा बाहिरबाट नेपालमा विद्यार्थी भित्र्याउने बारेमा छलफल हुन्छ की हुँदैन त ?

हुन्छ नी । किन नहुनु । तर सम्झनु पर्ने कुरा के हो भने, देशको वातावरण देखि उनीहरुलाई बस्ने बास स्थान सम्मका कुरामा हामी कत्तिको सजग छौं र ब्यवस्थापन गर्न सक्छौं भन्ने मुख्य कुरा हो ।यी कुरामा ध्यान दियौं भने नेपाल शिक्षाका लागि एउटा राम्रो गन्तब्य हो । यो मुद्धामा ईक्यान जस्ता संस्थाले सरकार र हामी संग सम्पर्क र सम्बन्धमा रहेका कलेज, विश्वविद्यालय तथा ईन्टिच्युट विच पुलको काम गर्न सक्छौं ।

प्रतिक्रिया