Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
विदेशमा शिक्षा

कङ्गारु एजुकेशन चावहिल शाखाको औपचारिक शुरुवात

सोमबार, १६ चैत्र २०७१

काठमाडौं १६ चैत / विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई परामर्श दिदैं आएको कङ्गारु एजुकेशन फाउण्डेशनको चावहिल शाखाको औपचारिक शुरुवात भएको छ । विशेष अतिथीको रुपमा ईन्ट्युरी एजुकेशन ग्रुप न्युजिल्याण्डका रोल्फ ब्रयुमले शाखाको उद्घाटन गरे । फाउण्डेशनले साझेदार संस्था डेस्टिनेशन फाउण्डेशन मार्फत सेवा विस्तार गरेको जनाएको छ । काठमाण्डुको उत्तर पूर्वि क्षेत्रका विद्यार्थीलाई सेवा दिने उद्धेश्यले शाखा खोलिएको फाउण्डेशनले जनाएको छ । अव त्यस भेगका विद्यार्थीलाई पुतली सडक सम्म धाउनु नपर्ने भएको छ ।

उद्घाटनका अवसरमा बोल्दै फाउण्डेशनका म्यानेजिङ्ग डाइरेक्टर महेशबावु तिमल्सिनाले नेपाली विद्यार्थीलाई विदेश स्थित शैक्षिक संस्थाहरुमा भर्ना गराउने मात्र नभएर उनिहरुको व्यक्तित्व विकासमा पनि आवश्यक परामर्श दिदैं आएको बताए । उनले व्यवसायिक लक्ष्य गुणस्तरीय, पारदर्शी एवम् विश्वासनीय सेवा प्रदान गर्न लागि पर्ने प्रतिबद्धता ब्यक्त गरे ।

नयाँ शाखामा सय भन्दा धेरै विद्यार्थीलाई आवश्यक परामर्श संगै, अँग्रजी भाषा कक्षा र परीक्षा तयारी गर्न आवश्यक पूर्वाधार ब्यवस्था गरिएको संस्थाले दावी गरेको छ । आप्रवासनसंग सम्बन्धित अन्य जानकारी चाहनेहरुलाई समेत सेवा दिने गरी शाखा शुरु गरेको तिमिल्सिनाले बताए ।

फाउण्डेशनले अष्ट्रेलिया, न्युजिल्याण्ड, स्विजरल्याण्ड, आयरल्याण्ड जान चाहने विद्यार्थीलाई परामर्श दिदैं आएको छ । यसका अलावा क्यानडाले भर्खरै शुरु गरेको एक्सप्रेस ईण्ट्रि कार्यक्रममा जान चाहनेलाई पनि सेवा दिने फाउण्डेशनले जनाएको छ । 

सन् २००७ मा शुरु भएको फाउण्डेशनले यस अघि सन् २००९ मा पोखरामा र गत बर्ष मात्रै झापाको विर्तामोड र चितवनको भरतपुरमा शाखा खोलेको छ ।

शैक्षिक परामर्श संघ ईक्यानका महासचिव समेत रहेका तिमिल्सिनाद्धारा जारी विज्ञप्तिमा देशका मुख्य  शहरहरुमा च्याउसरी खोलिएका शैक्षिक परामर्श सेवा प्रदायक संस्थाहरुको सेवाको गुणस्तरीता, पारदर्शीता एवम् विश्वासनियतामा सर्वत्र प्रश्न चिन्ह खडा भई रहेको अवस्थामा ईक्यानले आफ्ना सदस्य संस्थाहरुले पालन गर्नु पर्ने आचार संहितालाई कडाईका साथ पालन गराई रहेको उल्लेख गरिएको छ । आफ्नो कम्पनी र यससँग सम्वद्ध सवै निकायहरुले ईक्यानको आचार संहिता पुर्ण कार्यान्वयन गरेको उनको दावी छ ।

प्रतिक्रिया