Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
विदेशमा शिक्षा

बंगलादेशमा अध्ययनरत नेपालीलाई उपलब्ध सेवा सुविधाको निरिक्षण

आइतबार, १५ चैत्र २०७१

काठमाडौं १५ चैत / बंगलादेशका लागि नेपाली राजदूत हरीकुमार श्रेष्ठले ढाकाको गोनो विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुको पढाई र उनीहरुले पाईरहेको सेवा सुविधाका बारेमा जानकारी लिएका छन् ।

विश्वविद्यालयको स्थलगत निरिक्षणका क्रममा उनले  विद्यार्थीलाई उपलब्ध खाना र बसाईको बारेमा पनि जानकारी लिएका थिए । विद्यार्थीसंग अन्र्तकृया समेत गरेका राजदूत श्रेष्ठले भविष्यमा उक्त विश्वविद्यालय र नेपालका विश्वविद्यालयहरु तथा  अस्पतालहरु विच सहकार्यको सम्भावना रहेको बताए ।

ढाकाको मिर्जानगरमा रहेको उक्त विश्वविद्यालयमा अध्ययनरत १५ जना नेपाली विद्यार्थी मध्ये १३ जनाले एमवीवीएस पढिरहेका छन् भने २ जना चिकित्सा विज्ञानमा स्नातकोत्तर अध्ययनरत छन् ।

उक्त अवसरमा राजदूत श्रेष्ठले विश्वविद्यालयका उपकुलपति प्रा.डा. मेसवाहुद्दिन अहमद संग औपचारिक भेटघाट समेत गरेका बंगलादेशमा रहेको नेपाली दूतावासले जनाएको छ ।

प्रतिक्रिया