Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
विदेशमा शिक्षा

विदेश जाने विद्यार्थीलाई आवश्यक एनओसी लिने अवधि थप

आइतबार, ०३ फागुन २०७१

काठमाडौं ३ फागुन / विदेश पढ्न जाने विद्यार्थीहरुलाई आवश्यक अनुमति पत्र अर्थात् नो अब्जेक्सन लेटर एनओसी लिने अवधि थप भएको छ । यसअघि १२ बजेसम्म मात्र फारम बुझ्ने गरेकोमा उक्त अवधि बढाएर बिहान १० देखि बेलुकी ५ बजेसम्म कायम गरिएको छ ।

ठमेल स्थित बाणिज्य बैकले १२ बजेसम्म मात्रै भौचर दिने भएपछि  केशर महलमा रहेको, शिक्षा मन्त्रालय अन्र्तगतको वैदेशिक अध्ययन अनुमति ब्यवस्थापन शाखाले पनि १२ बजेसम्म मात्रै फारम बुझ्ने गरेको थियो ।

‘विद्यार्थीको चाप धेरै र सेवा अवधि छोटों हुँदा ब्यवस्थापनमा समस्या भएपछि हामीले उक्त अवधि बढाएका हौं ’ शाखा प्रमुख नन्दलाल पौडेलले भने, ‘अहिले प्रभावकारी काम भएको छ, विद्यार्थीका गुनासा पनि कम भएका छन् ।’ ठमेल स्थित बाणिज्य बैकको शाखाले बेलुका ४ बजे सम्म भौचर दिने ब्यवस्था गरेको उनले बताए । 

सेवा अवधि छोटो भएपछि एक दिनमा निश्चित व्यक्तिलाई मात्रै सेवा दिने भन्दै टोकन प्रणाली कायम गरिएको थियो । टोकन लिन कतिपय विद्यार्थी रातीदेखि नै लाइनमै बस्ने समेत गर्थे ।

शिक्षा मन्त्रालयका अनुसार हरेक महिना २५ देखि ३० हजार विद्यार्थी अध्ययनका लागि बिदेसिन्छन् ।

विदेश अध्ययन गर्न चाहने विद्यार्थीले शिक्षा मन्त्रालयबाट अनुमति लिनु पर्ने हुन्छ । मन्त्रालय र सेवाग्राही बीच प्रत्यक्ष सरोकार राख्ने शाखाको काम प्रभावकारी बनाउन अवधि बढाईएको हो ।

शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेट लिने उत्कृष्ठ १० मुलुकमा  अस्ट्रेलिया, जापान, अमेरिका, भारत, बेलायत, चीन, बंगलादेश, जर्मनी, फिनल्याण्ड, फिलिपिन्स छन् ।

प्रतिक्रिया