Edukhabar
विहीबार, १३ बैशाख २०८१
विदेशमा शिक्षा

बैंककमा अपहरीत विद्यार्थीलाई मुक्त गराएकोमा सीआईवीलाई सम्मान

शुक्रबार, २३ माघ २०७१

काठमाडौं २३ माघ / बैंककमा अपहरणमा परेका ३ नेपाली विद्यार्थीलाई सकुशल मुक्त गराएकोमा खुसी हुँदै तीनका अभिभावकले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईवीलाई सम्मान गरेका छन् ।

अपहरणमा परेका रोनेश श्रेष्ठ, कर्ण हाछेथु र विभुष रिजालका परिवारले अपहरणकारीको कब्जाबाट आफ्ना सन्तानलाई छुटाउन देखाएको तत्परता, साहस र सकृयताको कदर गर्दै प्रहरी टोलीलाई अभिनन्दन तथा सम्मान गरेको हो । 

बैंककको एजम्सन यूनिभर्सिटि अफ थाईल्याण्डमा अध्ययनरत तीनै जना विद्यार्थीलाई गएको पुसमा अपहरण गरी १ / १ करोड फिरौती माग गरेको थियो । सीआईवीले त्यहाँको प्रहरीसँग सहकार्य गरी उनीहरुलाई अपहरण मुक्त गराएको थियो । सीआईवीले विज्ञप्ति निकालेर यो घटनाले दुई देशको प्रहरी विचको सम्बन्ध थप सुमधुर भएको जनाएको छ । 

परिवारले सीआईवीका निर्देशक हेमन्त मल्ल ठकुरी मार्फत प्रहरी टोली र नेपाल स्थित थाई कन्सुलर मार्फत थाई प्रहरीलाई सम्मान गरेको छ ।
अभिभावकको सम्मानले प्रहरी कर्मचारीको मनोबल उच्च राख्न सघाएको भन्दै सीआईवीले अभिभावकहरुलाई कृतज्ञता समेत ब्यक्त गरेको छ ।

प्रतिक्रिया