Edukhabar
विहीबार, १५ चैत्र २०८०
विदेशमा शिक्षा

व्रिटिस काउन्सिलद्धारा छात्रबृत्ति घोषणा

सोमबार, १९ माघ २०७१

काठमाडौं १९ माघ / व्रिटिस काउन्सिल नेपालले विदेशमा पढ्ने नेपाली विद्यार्थीलाई लक्षित गरि छात्रबृत्ति दिने भएको छ । आई ई एल टी एस अवार्ड नाम दिईएको उक्त छात्रबृत्ति हरेक बर्ष २ जना नेपाली विद्यार्थीलाई दिईने काउन्सिलले जनाएको छ । खुल्ला आवेदन मार्फत छनौट गरिने प्रति विद्यार्थीले ४ लाख ८० हजार रुपैंया पाउने छन् ।

द ईन्टरनेशनल ईङ्लिस ल्याङ्वेज टेस्टिङ् सिस्टम अर्थात् आई ई एल टी एस परीक्षा लिन थालेको २५ बर्ष भएको अवसरमा उक्त अवार्ड घोषणा गरिएको काउन्सिलले जनाएको छ ।  

शैक्षिक सत्र २०१५/२०१६ का मा आई ई एल टी एस कोर्ष मार्फत भर्ना लिने विश्वको जुन सुकै कलेजमा पढ्ने विद्यार्थीले अवार्डका लागि आवेदन हाल्न सक्ने छन् । नेपाली विद्यार्थीले विदेशमा गएर उच्च शिक्षा लिने मौका पाउन् भनेर यो ब्यवस्था गरिएको अवार्ड घोषणाका बारेमा जानकारी दिन प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

भर्खरै आई ई एल टी एस कोर्ष गरेका नेपाली विद्यार्थीले आउँदो जुन ३० भित्र आवेदन गर्न सक्ने छन् । यसरी आवेदन गर्ने विद्यार्थी छनौटको आधार भने विज्ञप्तिमा प्रष्ट पारिएको छैन ।

अवार्डले विदेशमा पढ्न चाहने नेपाली विद्यार्थीलाई विश्व वजारमा आफ्नो दिर्घकालिन पेशागत विकासका लागि सघाउने अपेक्षा गरिएको काउन्सिलका नेपाल प्रमुख ब्राण्डन म्याक सरीले बताएको विज्ञप्तिमा उल्लेख छ ।

यस अघि भारत र भुटानबाट विदेश पढ्न जान चाहने विद्यार्थीलाई काउन्सिलले यस्तै छात्रबृत्ति दिदैं आएको थियो । पछिल्लो ५ बर्षमा भारतबाट यस्तो अवार्ड पाएका ४० विद्यार्थीले विदेशका विभिन्न कलेजमा उच्च शिक्षा अध्ययन गरिसकेका काउन्सिलले जनाएको छ । 

प्रतिक्रिया