Edukhabar
बुधबार, १२ बैशाख २०८१
विदेशमा शिक्षा

एजुकेशन फेयर

शुक्रबार, ०५ मंसिर २०७१

काठमाडौं ५ मंसिर / संसारका विभिन्न देशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई उचित परामर्श दिने उद्धेश्यले काठमाण्डुमा मेला हुने भएको छ । मंसिर ६ गते देखि हुने आइरिन इन्टरनेशनल एजुकेशन फेयरमा शैक्षिक परामर्श व्यवसायी र विभिन्न शैक्षिक सस्ंथाहरु सहभागि हुने शुक्रवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

दरबारमार्ग स्थित होटल अन्नपूर्णमा हुने मेलामा शैक्षिक परामर्श दिने ३८ वटा संस्थाहरुको स्टल हुने उक्त अवसरमा जानकारी दिईयो । विदेश पढ्न जाने नेपाली विद्यार्थीले समस्या भोग्नु परेको गुनासो बढेपछि उचित परामर्श दिन मेला गर्नु परेको आयोजकले जनाएको छ । मेलाको ब्यवस्थापन वान अप कम्यूनिकेशनले गर्ने छ ।

मेलामा भारत, जापान, अमेरिका, बेलायत, न्यूजिल्याण्ड, आयरल्याण्ड, अष्ट्रेलिया र फिलिपिन्स लगायत मुलुकका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरु सहभागि हुने आइरिनका सदस्य सचिव कुमार कार्कीले जानकारी दिए ।

प्रतिक्रिया