Edukhabar
विहीबार, १३ बैशाख २०८१
विदेशमा शिक्षा

विदेशको अध्ययन, स्वदेशमा संभावना : लोभ्याउन सकेन फ्रान्स र अमेरिकाले !

विहीबार, २४ साउन २०७५

काठमाडौं - हिजो आज १२ कक्षा पास हुने वित्तिकै नेपाली विद्यार्थीको पहिलो रोजाई हुन्छ – विदेश जाने ! 

आफ्नो सन्तानको पढाई जतिसुकै राम्रो होस्, घर परिवारको चाहना हुन्छ विदेश पुगेर टन्न पैसा कमाओस् ! 

शिक्षा मन्त्रालयको तथ्यांक अनुसार विदेश जानु अघि आवश्यक नो–ओब्जक्शन लेटर लिनेहरुको संख्या यो बर्ष ५८ हजार पुगेको छ । बार्षिक रुपमा यो संख्या अहिले सम्मकै धेरै हो । विदेशको अध्ययन पश्चात स्वदेशमा फर्किने संख्या भने नगण्य मात्र हुने गरेको छ ।

यसले पछिल्लो समय पढ्न जाने कुरा त विदेश पुग्ने वहाना मात्रै हो भन्ने पुष्टि गरेको छ । अर्थात् उक्त संख्याका नेपाली विद्यार्थी  अन्तत उतै पलायन हुने गरेका छन् । 

विदेशमा पढेर ज्ञान आर्जन गरी कुनै विद्यार्थी स्वदेश फर्कियो भने उसलाई 'मुर्ख' करार गर्न परिवार र आफन्त मात्रै हैन सिङ्गो समाज खडा हुन्छ ! 

भक्तपुरका मदन खनालका अघिल्तिर पनि परिवार र समाज त्यही रुपमा खडा भयो । 

०६१ सालमा भक्तपुरको एक निजी विद्यालयबाट प्रवेशिका उत्र्तिण खनालले भक्तपुरकै बागेश्वरी उच्च माविबाट १२ कक्षा उत्र्तिण गरेका हुन् । 

त्यसपछि एक निजी कलेजबाट होटल म्यानेजमेण्टमा स्नातक तह सक्ना साथ उनी विषयगत अध्ययनका लागि फ्रान्स हानिए । त्यहाँ कामसंगै फ्रेन्च भाषाको अध्ययन गरे । अध्ययन पछिको अवसरमा उनी त्यहाँ ३ बर्ष रमे । कमाई त राम्रै थियो तर शायद उनमा सिक्ने भोक मरेको थिएन ! 

अनी गन्तब्य बनाए अमेरिकालाई ! दुई बर्ष अघि अमेरिका पुगेका खनालको कमाइ त राम्रै थियो, सिकाइको भोक मेटिएन । १ वर्षको अमेरिकी अवसर पछि देशमै बसेर सिक्ने सिकाउने अभियान साथ उनी नेपाल फर्किए । उनको अठोट जब्बर हुँदै गएको छ । अमेरिकाबाट फर्किए पछि घर परिवार र समाजले गरेको व्यङ्यको अनुभूति उनका लागि अहिले उर्जा भएको छ । 

सिक्ने र सिकाउने भोक र देशमै केही गर्नु पर्छ भन्ने प्रतिवद्धतालाई यहाँ केही हुँदैन भन्ने सोच भएको समाजको धारणाले दिएको उक्त उर्जा खनालसँग भएको ज्ञानलाई व्यवसायिक बनाउने दिशामा केन्द्रित हुँदै गएको छ । 

अर्थात् उनले देश र विदेशमा सिकेको ज्ञान नेपालको होटल तथा पर्यटन उद्योगका रुपमा “रेजिडेन्सी होटल एकेडेमी” का नामबाट झाँगिदैं गईरहेको छ । जहाँ छोटो अवधिको राजेगार सहितको सिप अध्यापन गराउँछन् उनी । 

यति वेला वैदेशिक रोजगारीमा जाने युवासंगै स्वदेशमा केही गर्न सकिन्छ भन्ने विश्वास गर्ने युवालाई उनले आफ्ना विद्यार्थी बनाएका छन् । होटल, रेष्टुरेण्ट देखि तारे होटलमा उनीहरुलाई अध्ययन पश्चात काममा खटाउदैं अध्यापननलाई व्यवहारिक बनाउँदै छन् । 

त्यसो त अहिले बुढानिलकण्ठ स्थित पार्क रिसोर्टमा त्यहांका वेटर, कुकहरुसंगै आफ्ना विद्यार्थीलाई अध्यापन गराईरहेका हुन्छन् । उनलाई साथ दिएकाछन्, अग्रज सन्दिप थापाले । उनको लगानशीलताले गर्दा उनलाई साथ दिएको थापा बताउँछन् । थापासंगको सहकार्यमा उनले स्वदेशका होटलहरुलाई पनि जनशक्ति उपलब्ध गराउने योजना बनाएका छन् । त्यही अनुसार पाठ्यक्रम तय गरी अध्यापनलाई निरन्तरता दिन सफल छन् । 
उनी भन्छन् – 'जव सिकर नभएर गिभर हुने मेरो सपना हो ।' 

नेपालमा राजनितीक स्थिरता संगै फस्टाउने व्यवसाय पर्यटन हो, भन्ने बुझेर अमेरिकाबाट नेपाल फर्किएको उनी बताउँछन् । आफ्नो योजनालाई घर परिवारले समेत विश्वास नगरी रहेका बेला पार्क रिसोर्टले उनलाई स्पेस दिए पछि उनको योजनाले सार्थकता पाएको छ । 

अहिले कै अवस्थाामा नेपाली युवा जनशक्ति पलायन भए तीन बर्षमा नेपालको पर्यटन व्यवसायमा समेत जनशक्ति अभाव हुने उनको आफ्नै निष्कर्ष छ । त्यसैले नेपालको पर्यटनको संभावनालाई मध्य नजर गर्दै ईन्स्टिच्युट दर्ता गरेर संचालनमा ल्याएको उनी बताउँछन् । 

उनले अध्यापन गराएका छोटो अवधिको तालिममा सहभागी एक समूह स्वदेश तथा विदेशका अवसरमा खपत भईसकेका छन् । त्यसले पनि उनलाई झनै उत्साह थपेको छ । उनले विदेश जाने विद्यार्थीलाई केन्द्रित गरेर त्यहाँको होटल व्यवसायमा सेवा प्रवाह गर्न सक्ने गरी दक्ष बनाउने गरेका छन् । साथै उनले विद्यार्थीलाई आफुले जानेको फ्रेन्च र अंग्रजी भाषको ज्ञान समेत दिने गरेका छन् । 

फ्रान्स र अमेरिकाको अध्ययनसंगै होटलको काममा अनुभव संगालेका खनाललाई आफुले शुरु गरेको ईन्स्टिच्युट वर्तमानमा यहां उपयोगी रहेको बताउछन् । विदेशमा समेत त्यस किसिमको ईन्स्टिच्युट संचालनमा रहेकोले नेपालमा त्यो संभावना उनले देखे । ३ महिने र ६ महिने अध्यापन र अभ्यासबाट शुरु गरेको ईन्स्टिच्युटलाई कलेजका रुपमा विकास गर्ने उनको योजना छ । ईन्स्टिच्युटबाट अध्ययन गरेका जनशक्तिलाई रोजगारीको ग्यारेण्टी गर्न सक्ने गरी नेपालका होटलमा आफ्ना प्रोडक्ट खपत गर्ने उनको योजना छ । 

' सपना देख्न सक्नु पर्छ । सपना देखेर नै स्वदेश फर्किएको हुँ । त्यसैले आवासीय सुविधा दिएर विद्यार्थीलाई होटलका कोठामा संगै बसेर काम सिकाईरहेको छु । नेपालमा अवसर छैन भन्नेहरुलाई मैले केही गरेर देखाउनु छ' उनले भने 'नेपालको पर्यटन व्यवसायको संभावना र महत्व मैले विदेश गएर बुझेँ । त्यसैले नेपाल फर्किएर केही गर्न सकिन्छ भन्ने हिम्मतले काम गरिरहेको छु ।'

काम गर्न सके लगानी अभाव नहुने खनालको निष्कर्ष छ ।  

 

प्रतिक्रिया