Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
विदेशमा शिक्षा

पहिलो दिनमै ५ सय धेरै विद्यार्थी सहभागी

विहीबार, २९ कार्तिक २०७५

झापा - अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीलाई लक्षित गर्दै कंगारु एजुकेशन फाउण्डेशनले बिहीबार झापाबाट शुरु गरेको शैक्षिक मेलाको पहिलो दिन ५ सय धेरै विद्यार्थी र अभिभावक सहभागी भएका छन् । विर्तामोड स्थित फाउण्डेशनको कार्यालय परिषरमा भएको कंगारु एजुकेशन फेयर : अल नेपाल रोड शो मा न्यूजिल्याण्ड, क्यानडा, अमेरिका, अष्ट्रेलिया र यूरोपका विभन्नि २४ कलेज र विश्वविद्यालयका प्रतिनिधिहरुबाट विद्यार्थीले परामर्श लिएका छन् । 

मेलामा आएका विद्यार्थीले आफू जान चाहेको देश, त्यहाँ जाँदा गर्नु पर्ने भिसा लगायतको प्रकृया, त्यसका लागि आवश्यक खर्च, उता पुगेपछि हुने पढाई, काम गर्न पाउने अवधि, पाईने काम, हुने आम्दानी आदी जस्ता चासोका कुरा सम्बन्धित देशकै कलेज प्रतिनिधिहरुबाट बुझेका छन् । 

मेलामा सहभागी हुनेहरुलाई पछि प्रकृया गर्दा लाग्ने सेवा शुल्कमा संस्थागत रुपमा छुटको ब्यवस्था गरिएको फाउण्डेशनका कार्यकारी प्रमुख महेशबाबु तिमिल्सिनाले बताए । 

विदेशमा अध्ययन गर्न चाहेर पनि सही सूचना र जानकारी नपाएर विद्यार्थी अलमलमा पर्न नपरोस्, भनेर आयोजना गरिएको रोड शो को पहिलो कार्यक्रम आफ्नो उद्धेश्यमा सफल भएको उनले  बताए । 

झापाबाट शुरु भएको छ उक्त मेला देशका मुख्य ५ शहरमा हुँदै छ ।  शुक्रबार र शनिबार  हुने दोश्रो दिनको मेला काठमाडौंको पुतली सडक स्थित संस्थाकै परिसरमा हुने छ । यस्तै मंसिर २ गते चितवन, मंसिर ३ गते बुटवल र मंसिर ४ गते पोखरामा मेला गरेर उक्त शो समापन हुने छ । सबै स्थानका मेला संस्थाको आफ्नै कार्यालय परिषरमा हुने छन् । 

'सही सूचना र जानकारीको अभावका कारण नेपाली विद्यार्थीले भोग्नु पर्ने हैरानीको अन्त्य गर्न  जहाँ विद्यार्थी त्यहीँ जानकारी लिएर हामीले देशका मुख्य शहर केन्द्रित मेला आयोजना गर्न लागेका हौं' तिमिल्सिनाले भने, 'पहिलो दिनको कार्यक्रमले हामीलाई उत्साही बनाएको छ अन्य शहरमा हुने मेलामा पनि विद्यार्थीको उल्लेख्य सहभागिता हुने हाम्रो आशा छ ।'

 

प्रतिक्रिया