Edukhabar
मंगलबार, ११ बैशाख २०८१
विदेशमा शिक्षा

अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गरी मेला

विहीबार, ०६ मंसिर २०७५

काठमाडौं - अध्ययनका लागि अष्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीलाई लक्षित गर्दै दुई दिने शैक्षिक मेला शुरु भएको छ । शुक्रबारसम्म चल्ने “चौथो मेगा अष्ट्रेलिया शैक्षिक मेला २०७५” मा अष्ट्रेलिया स्थित विभिन्न कलेज तथा विश्वविद्यालयका प्रतिनिधि र नेपाल स्थित विभिन्न कन्सल्टेन्सीहरु गरी ३० संस्थाहरु सहभागी छन् । मेला दरबारमार्ग स्थित होटल अन्नपूर्ण परिसरमा शुरु भएको हो । 

अष्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीलाई त्यहाँको शिक्षा प्रणाली, भिसा प्रकृया र छात्रवृति लगायतका आवश्यक विषयमा एकै ठाउँबाट पर्याप्त जानकारी दिने उदेश्यले मेला आयोजना गरिएको आयोजक संस्था वान अपका प्रमुख कार्यकारी अधिकृत रवी शंकर झाले बताए । 

'अष्ट्रेलियाका विभिन्न कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुबाट विद्यार्थीले सिधै जानकारी लिन सक्ने ब्यवस्था मिलाएका छौं' उनले भने 'मेलामा आएका विद्यार्थीले छात्रवृती सम्बन्धी जानकारी, आईएलटीएसमा उच्च अंक प्राप्त गर्ने तरिका सहित उता गए पछिको करियरका बारेमा पनि काउसिल्लिङ गरिन्छ ।' 

सिड्नी सिटी कलेज अफ म्यानेजमेण्ट अष्ट्रेलिया प्रस्तुतकर्ता रहेको मेलामा  विद्यार्थीले अष्ट्रेलियाका उत्कृष्ट कलेज तथा त्यहाँको शैक्षिक, आर्थिक प्रणालीका बारेमा विस्तृत रुपमा जानकारी पाउन सक्ने उनको दावी छ । 

मेलामा सहभागि हुने विद्यार्थीलाई विभिन्न छात्रवृत्ति तथा पुस्कारको अवसर प्रदान गरिएको उनले बताए । 

 

प्रतिक्रिया