Edukhabar
विहीबार, १३ बैशाख २०८१
अन्तैवाट

त्रिविको इरास्मस परियोजना: परियोजनाको विषयमा कार्यकारी परिषद् अनभिज्ञ

शुक्रबार, २९ चैत्र २०७५

काठमाडौं २९ चैत / कुनैपनि विश्वविद्यालयलाई दातृ निकाय वा विदेशी नियोग मार्फत भित्रिएको आर्थिक सहयोग कार्यकारी परिषदले स्वीकृत गर्नुपर्ने प्रावधानलाई लत्याउदै त्रिभुवन विश्वविद्यालय इरास्मर परियोजनाको नाममा आएको रकम एकलौटी रुपमा खर्च गरेको भेटिएको छ ।

त्रिभुवन विश्वविद्यालयको गुणस्तर सुधार्ने दिएको सहयोग रकम परियोजना प्रमुखको रुपमा रहनुभएकी रेक्टर प्राडा सुधा त्रिपाठीले खर्च गर्ने अधिकार लिनुभएको छ । त्रिभुवन विश्वविद्यालय ऐनका दफा १४ (घ) मा विश्वविद्यालयको लागि प्रदान गरिएका आर्थिक तथा अन्य सहयोग ग्रहण गर्ने उल्लेख गरेको छ ।

तर सो काम कर्तब्य र अधिकारको वर्खिलाभमा रेक्टर प्राडा त्रिपाठीले परियोजनाको रकम खर्च गर्नुभएको छ । परियोजनाको अध्यक्ष एवं रेक्टर प्राडा त्रिपाठीले त्रिविमा यस्ता दर्जनौ परियोजना मनपरी रुपमा खर्च हुने गरेको तर्क राख्दै एउटै परियोजनाको विषयमा प्रश्न उठाउनु गलत भएको दाबी गर्नुभयो ।

उहाले भन्नुभयो– म मार्फत आएको परियोजनामा आफ्नो अधिकार हुनु स्वभाविक छ ,अन्य परियोजनाको विषयमापनि छानविन गर्नुपर्छ ।
उहाले तर्क राख्नुभयो– भन्नुभयो–यो परियोजनाको विषयमा मात्र किन बढी हल्ला भयो । तर त्रिविको नियमममा जुनसुकै परियोजना ल्याउदा र रकम खर्च गर्दा कार्यकारी परिषदको स्वीकृत लिनुपर्छ ।

त्रिविका उपकुलपति प्राडा तीर्थराज खनियाले परियोजनाको रकम ग्रहण गर्ने र खर्च गर्ने अधिकारी कार्यकारी परिषद्लाई भएको जानकारी गराउदै इरास्मस परियोजनको रकमको विषयमा कार्यकारी परिषदले कुनै निर्णय नगरेको स्पष्ट पार्नुभयो । कार्यकारी परिषदमा त्रिविका तीन पदाधिकारी सहित ७ जना छन् । सो परियोजना इन्जिनियररिङ अध्ययन संस्थानमा पनि लागु छ ।

परियोजनाको रकम त्रिविको खातामा जम्मा भएपनि रेक्टर निर्देशनमा खर्च हुने गरेको छ । त्रिवि आर्थिक महाशाखा प्रमुख कुमार ह्ुमागाईले सो परियोजनाको रकम खर्च गर्ने अधिकार रेक्टरलाई भएको बताउनुभयो ।

भन्नुभयो–परियोजना अन्तर्गत खर्च भएको रकमको बिल महाशाखामा आउनेगरेको छ , सोही अनुसार भुक्तानी दिन्छौ । परियोजनाको चेकमा आफ्नो र अर्का एक कर्मचारीको रहेको उहाको भनाई छ । परियोजनाबाट बिल सहित रकम दिनुस भन्ने निर्देशन आउछ, बिल हेरेर भुक्तनी दिन्छौ–उहाले भन्नुभयो ।
त्रिविको आर्थिक विभाग प्रमुखको जिम्मेवारी सम्हाल्नुभएका रजिष्टार प्रा दिल्ली उप्रेतीले परियोजनाको विषयमा पुर्ण जानकारी नभएको बताउदै आउनुभएको छ ।

परियोजनाको विषयमा जानकारी लिन खोज्दा उहाले भन्नुभयो–त्रिविको केन्द्रीय खातामा रकम जम्मा भएपछि खर्चको विषयमा आफुलाई त्यति जानकारी नभएको बताउनुभयो ।

आर्थिक महाशाखा प्रमुख हुँमागाईले परियोजनाबाट आएको सो रकम संचालन खर्च शिर्षकमा रहेको जानकारी दिनुभयो । हामीसंग सम्झौताको पत्र हुन्छ, संगै बिल हेछौ, अनि भुक्तानी गर्छौ ।

परियोजनाको कार्यकारी निर्देशक जगतकुमार पोखरेलले इयुले तय गरेको सिलिङ अनुसार रकम भुक्तानी हुने गरेको बताउनुभयो । तर परियोजना अन्तर्गत के काम भयो भन्ने विषयमा त्रिविलाई कुनै जानकारी नै छैन ।
परियोजना अन्तर्गत विदेश भ्रमण गर्दा के उयपलब्धी भयो भन्ने विषयमा कुनै प्रतिवेदन बुझाउने गरेका छैनन । ‘हामीले कुनै प्रतिवेदन नबुझाएपनि थुप्रै उपलब्धी हासिल भएका छन् ।

सेमिनारमा सहभागि भएर विभिन्न देशका अनुभन संहालेका छौ’–कार्यकारी निर्देशक पोखरेलले भन्नुभयो । परियोजना अन्तर्गत धनगढी, महेन्द्रनगर, भैरहवा, सुर्खेत, बु्टबल लगायत जिल्लाका क्याम्पसमा गुणस्तर सम्बन्धी कार्यक्रम संचालन गरी त्रिविको गुणस्तर सुधार गर्न महत्वपुर्ण भुमिका खेलेको उहाको भनाई थियो ।

त्रिविका रेक्टर प्राडा सुधा त्रिपाठीले परियोजनाको विज्ञको हैसियतमा आफ्ना श्रीमान प्राडा रमेश भट्टलाई विदेश लैजान पाउने स्पष्ट पार्नुभएको छ ।

युरोपियन युनियनको इरास्मस परियोजना अन्तर्गत अधिकांस विदेश भ्रमणमा आफ्ना श्रीमानलाई संलग्न गराएको विषयमा रेक्टर त्रिपाठीले भन्नुभयो–उहाँ घरमा श्रीमान् हुनुहन्छ तर परियोजनाका विज्ञ हुन । विज्ञको हैसियतमा उहा विदेश लैजानु कुनै गलत काम नभएको बताउनुभयो ।

विदेश भ्रमणमा अन्य विज्ञलाई सहभागि नगराएपछि उहाको विषयमा आलोचना बढ्दै गएको छ । सो परियोजना अनुसार श्रीमान प्राडा भट्टराई विभिन्न मितिमा आधा दर्जन भन्दा बढी मुलुकमा पुग्नुभएको छ ।

प्राडा भट्टराई गतवर्ष , बैशाख, भदौ , कातिक, मंसिर र माघ यो वर्षको साउनमा विभिन्न देशको भ्रमण गरिसक्नुभएको छ । यतिसम्म कि त्रिवि अनुगमन महाशाखा प्रमुख विष्णु प्रसाद खनाल समेत २ लाख रुपिया एड्भान्स लिएर इटाली पुग्नुभएको छ । उहासंगै रेक्टर प्राडा त्रिपाठी विभिन्न मुलुकमा भ्रमण गरीसक्नुभएको छ । त्रिविले रेक्टर त्रिपाठीले आफु निकटलाई मात्रै विदेश भ्रमण गराउन सिफारिस गर्न भएको आरोप लाग्दै आएको छ ।

नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् । 

प्रतिक्रिया