Edukhabar
आइतबार, २३ कार्तिक २०८२
खबर/फिचर

कक्षा १२ पुरक परीक्षाको नतिजा सार्वजनिक

आइतबार, २३ कार्तिक २०८२

भक्तपुर - कक्षा १२ को पुरक परीक्षाको नतिजा सार्वजनिक गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले आईतबार सार्वजनिक गरेको नतिजामा ७३ दबमलब ४१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । 

गत असोज ७ र ८ गते भएको परीक्षामा एक लाख चार हजार २६ जना विद्यार्थी सहभागी भएका थिए । यी मध्ये ७६ हजार तीन सय सय ६७ जना ग्रेडेड भएको बोर्डले जनाएको छ । चार जना विद्यार्थीको परीक्षाफल भने रद्द गरिएको छ ।

गएको साउन १९ गते सार्वजनिक गरिएको नियमितको नतिजामा ६१ दशमलब १७ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए । नियमित तर्फ तीन लाख ९६ हजार तीन सय ४७ र आँशिक तर्फ एक लाख १४ हजार छ सय ४० विद्यार्थी परीक्षामा सहभागी थिए । नियमित तर्फ ११ र आँशिक तर्फ छ गरी १७ जना विद्यार्थीको परीक्षा रद्द गरिएको थियो । सबै विषयमा ग्रेड प्राप्त विद्यार्थीको संख्या नियमित तर्फ दुई लाख ४२ हजार चार सय ६५ र आँशिक तर्फ ४१ हजार आठ सय ४० गरी दुई लाख ८४ हजार तीन सय पाँच विद्यार्थी ग्रेडेड भएका थिए ।  

प्रतिक्रिया