काठमाडौ - जेन जी बिद्रोहको भोलीपल्ट भएको विध्वंसका कारण क्षती पुगेको भन्दै केशरमहलमा सारिएको शिक्षा मन्त्रालय ४८ दिन पछि साविककै भवन सिंहरदबारमा सरेको छ । गत भदौ २४ गतेको विध्वंस पछि ३१ गतेदेखि केशरमहलबाट हुँदै आएको सेवा आईतबार दिउँसो तीन बजेदेखि सिंहदरबार स्थित भवनबाट सञ्चालन शुरु भएको मन्त्रालयले जनाएको छ ।
नियुक्त भए लगत्तै मन्त्रालयमै बस्न थालेका मन्त्री महावीर पुनको वास पनि सिंहदरबार स्थित मन्त्रालयमै सारिएको छ । विज्ञान तर्फका महाशाखा / शाखाबाट प्रवाह हुने सेवा हालका लागि केशरमहल र सिंहदरबार दुबै स्थानबाट सञ्चालन हुने प्रवक्ता शिवकुमार सापकोटाले बताए ।
'तिहार विदा पछि नै सिंहदरबारबाटै शिक्षा तर्फका सेवा सञ्चालन गरिएको थियो, आईतबारबाट औपचारिक रुपमा मन्त्रालयका शिक्षा तर्फका सबै सेवा सञ्चालन शुरु गरिएको हो' उनले भने 'मन्त्री ज्यूको वासस्थान पनि सारिएको छ ।'
उक्त विध्वंसका बेला सिंहदरबार सहित शिक्षा मन्त्रालयको पार्किङ्मा राखिएका सवारी साधनमा आगजनी भएको थियो । उक्त आगजनीका कारण मन्त्रालयमा भरिएको ध्वाँसो कर्मचारीहरुले मिलेर सफा गरेका थिए ।
पढ्नुहोस् : शिक्षा मन्त्रालय सफाईमा जुटे कर्मचारी
नयाँ मन्त्रीको स्वागत सिंहदरबारमै गर्ने गरी कर्मचारीले सफा गरेका थिए । विद्यमान अवस्थाको जानकारी हरपल अवगत हुनु पर्ने भन्दै नयाँ मन्त्रीलाई सिंहदरबारमै भित्र्याउनु पर्ने उनीहरुको चाहना थियो ।
पढ्नुहोस् : भुईं पुच्छ्दै गरेका कर्मचारी : नयाँ शिक्षामन्त्री सिंहदरबारमै !
शिक्षा मन्त्रालय सार्ने हैन 'ध्वाँसो पुछ्दै' काम गर
तर पनि मन्त्रालयका उच्च कर्मचारीले मन्त्रालय केशरमहल सारेका थिए । सरसफाई गरेर बस्न लायक हुँदा पनि सारिएको भन्दै आलोचना भए पछि केशरमहल सरेको केही दिनमै शिक्षा मन्त्रालयका केही महाशाखा र शाखाहरु भने सिंहदरबारमै फर्किएका थिए ।
प्रतिक्रिया