Edukhabar
शनिबार, २८ भदौ २०८२
गतिविधि

शिक्षा मन्त्रालय सफाईमा जुटे कर्मचारी [फोटो फिचर]

शनिबार विदाको दिन भए पनि सचिव, सहसचिव सहित ५० भन्दा धेरै कर्मचारीहरु मन्त्रालयको सफाईमा

शनिबार, २८ भदौ २०८२

काठमाडौं - शिक्षा मन्त्रालयको सर सफाईमा कर्मचारी आफै जुटेका छन् । शनिबार विदाको दिन भए पनि ५० भन्दा धेरै कर्मचारीहरु जुटेर मन्त्रालयको सफाई गरेका हुन् । 

भ्रष्टाचार, अनियमितता र बेथिति विरुद्ध जेन जीले सुरु गरेको विद्रोह भड्किएर छिरेको हुलले मन्त्रालयमा विध्वंस गरेको थियो । उक्त विध्वंशको चार दिन पछि शुक्रबार निरिक्षणमा गएको मुख्य सचिव एकनारायण अर्याल सहितको टोलीले शिक्षा मन्त्रालयमा काम गर्न नसकिने यकिन गरेको थियो । सोही आधारमा शिक्षा सचिव चुडामणि पौडेलले मन्त्रालयलाई अन्यत्रै सार्ने बताएका थिए । 

तोडफोडले मन्त्रालयमा भएको क्षती र मन्त्रालय सार्ने तयारी पछि एडुखबरले लेखेको यो टिप्पणी पनि पढ्नुहोस् : शिक्षा मन्त्रालय सार्ने हैन 'ध्वाँसो पुछ्दै' काम गर

तर, शिक्षाका कर्मचारी आफैं जुटेर मन्त्रालय सफाई शुरु गरेका हुन् । सफाईमा मन्त्रालयका मात्रै नभई मन्त्रालय मातहतका अन्य निकायका कर्मचारीहरु पनि संलग्न छन् । मन्त्रालयको एमओई स्टाफ नामक ह्वाट्स एप ग्रुपमा सफाईमा आउन सूचना गरिएको थियो । उक्त सूचना पछि कर्मचारीहरु जम्मा भएका हुन् । 

सफाईमा सचिव पौडेल सहसचिव बैकुण्ठ अर्याल सहितका उच्च कर्मचारी पनि संलग्न छन् । करिब ५० जना कर्मचारी सफाईमा जुटेका छन् । 

शुक्रबार अबेर सुशीला कार्कीले प्रधानमन्त्रीको पद सम्हाले पनि मन्त्रीमण्डल विस्तार हुन बाँकी छ । कर्मचारीले मन्त्रीको कार्यकक्ष सफाई सकेका छन् । अब, तत्कालै नयाँ मन्त्री आए पनि बस्न मिल्ने बनाईएको छ । अन्य कोठाहरु पनि सफाई गरिएको छ । 

सफाईका केही फोटाहरु :

safai 14

safai 1safai 2safai 3safai 4safai 5safai 7safai 9safai 10safai 11safai 12safai 13
 

प्रतिक्रिया