Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

कक्षा १० को पूरक परीक्षाबारे मन्त्रालयको स्पष्टोक्ति, सूचना भूलवश प्रकाशित !

विहीबार, ०९ साउन २०७६

काठमाडौं - कक्षा १० को अन्तिममा लिईने परीक्षा अन्र्तगत ग्रेड वृद्धि (पूरक) परीक्षाका बारेमा परीक्षा नियन्त्रण कार्यालयले भूलवश सूचना जारी गरेको भन्दै शिक्षा मन्त्रालयले स्पष्टोक्ति सार्वजनिक गरेको छ । मन्त्रालयका प्रवक्ता बैकुण्ठप्रसाद अर्याल द्वारा जारि गरिएको विज्ञप्तिमा अक्षरांकन पद्धती कार्यान्वयन कार्यविधि २०७२ अनुसार सी वा सी भन्दा कम ग्रेड प्राप्त गरेका विद्यार्थीले आफूले चाहेको विषयमा ग्रेड वृद्धि गर्न परीक्षामा सम्मिलित हुन सक्ने उल्लेख गरिएको छ । 

यस अघि कार्यालयले दुई विषयमा मात्रै ग्रेड वृद्धि गर्न पाउने गरी जारी गरेको सूचनालाई भूलबश प्रकाशित भन्दै विज्ञप्तिमा विद्यार्थीले चाहेको विषयमा ग्रेड वृद्धि गर्न सक्ने गरी परीक्षामा सहभागी हुन पाउने उल्लेख गरिएको छ । परीक्षा नियन्त्रण कार्यालयको सूचना स्थगित गरि चाहेको विषयमा ग्रेड वृद्धि गर्न सक्ने गरी परीक्षा सञ्चालन गर्न मन्त्री गिरिराजमणि पोखरेलको निर्देशन पछि कार्यालयले नयाँ सूचना जारी गरेको थियो । 

'कुनै कारणबश उच्च ग्रेड प्राप्त गर्न नसकेका तर क्षमता भएका विद्यार्थीले आफूले चाहेको विषय अध्ययन गर्न नपाउने अवस्था आएको खण्डमा तत्काल ग्रेडवृद्धि परीक्षामा सहभागी भई माथिल्लो कक्षामा आफूले रोजेको विष्य अध्ययनका लागि भर्ना हुन सकुन् भन्ने उद्देश्यले यो व्यवस्था गरिएको हो' कार्यालयको दोश्रो सूचना पछि सार्वजनिक भएका टिप्पणीलाई स्पष्ट पार्न भन्दै अर्याल द्वारा जारि गरिएको विज्ञप्तिमा भनिएको छ  'यस किसिमको व्यवस्था परीक्षामा असफल भएका विद्यार्थीलाइृ केन्द्रित गरेर लिईने परम्परागत रुपमा चलि आएको पूरक परीक्षा नभएर विद्यार्थीले आफ्नो स्तर वृद्धि गर्न चाहेमा मात्र उनीहरुलाई अवसर प्रदान गर्न व्यवस्था गरिएको विद्यार्थीको हित अनुकुलको ग्रेड वृद्धि परीक्षा हो भन्ने कुरा समेत स्पष्ट पार्न चाहन्छु ।'

साविकको एसएलसी परीक्षालाई अक्षरांकन पद्धतीमा बदलेसँगै २०७२ साल मंसिर २३ गते जारी गरिएको उक्त कार्यविधि ४ पटक संशोधन भईसकेको छ । 

यस बर्ष गत चैत १० गते बाट शुरु भएको कक्षा १० को परीक्षाको नतिजा कार्यालयले गत असार १२ गते सार्वजनिक गरेको थियो । परीक्षामा मुलुक भरबाट ४ लाख ७५ हजार विद्यार्थी सहभागी थिए । सी वा सी भन्दा कम ग्रेड प्राप्त गरेका विद्यार्थीले आफूले चाहेको विषयमा ग्रेड वृद्धि गर्न परीक्षामा सम्मिलित हुन सक्ने भए सँगै पूरक परीक्षामा सम्मिलित हुने विद्यार्थीको संख्या अत्यधिक बढ्न सक्ने देखिएको छ । उक्त समूह अन्र्तगत सबै भन्दा धेरै रहेका गणितमा मात्रै ३ लाख २० हजार ८ सय ३८ विद्यार्थी पूरकका लागि योग्य छन् । विभिन्न ८९ विषयको समष्टिगत जोड हेर्ने हो भने यो संख्या अझै बढ्न सक्ने देखिन्छ । त्यसैले यसलाई आलोचकहरुले धेरै विद्यार्थी असफल  भएको अपजस मेट्न अपनाईएको संज्ञा दिदैं आएका छन् । 

पूरक परीक्षामा सहभागीहरुको संख्या बढ्ने भए पछि यही जनशिक्तले काम गर्न नसक्ने भन्दै नियन्त्रक विष्णुप्रसाद अधिकारीले शिक्षा मन्त्रीलाई जानकारी गराईसकेका छन् । परीक्षा बोर्डबाट आवश्यक सहयोग पनि नभएको र जनशक्ति पनि कम भएकोले परीक्षा सञ्चालन गर्न नसक्ने उनको तर्क छ । साविकको ६४ दरबन्दीलाई घटाएर कार्यालयमा अहिले २३ दरबन्दी कायम गरिएको छ भने काज सहित गरेर अहिले ३५ कर्मचारी कार्यरत रहेका अधिकारीले जानकारी दिए ।

शिक्षा ऐनको आठौं सँशोधनले विद्यालय शिक्षाको संरचना परिवर्तन गरेर साविकको एसएलसीको व्यवस्थालाई परिवर्तन गरी विद्यालयको अन्तिम परीक्षा कक्षा १२ हुने ब्यवस्था गरे पनि शिक्षा मन्त्रालय र मातहतका निकायले प्रभावकारी कार्य सम्पादन गर्न नसक्दा कक्षा १० को अन्तिमको परीक्षामा पुरानै 'धंङधंङी' कायम छ । 

प्रतिक्रिया