Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
गतिविधि

इन्टेग्रीटी आइकन : एक शिक्षक सहित उत्कृष्ट पाँचको नाम सार्वजनिक

शुक्रबार, २७ भदौ २०७६

काठमाडौं - सार्वजनिक सेवालाई सुशासन युक्त र जवाफदेही बनाउने उद्धेश्य सहित शुरु भएको इन्टेग्रीटी आइकनका लागि यो बर्ष एक शिक्षक सहित पाँच जना उत्कृष्टको नाम सार्वजनिक गरिएको छ । तनहुँको व्यास नगरपालिका स्थित  दुम्सीचौरमा रहेको भानु माध्यमिक विद्यालयका शिक्षक प्रेम बहादुर दरै अन्तिम पाँचमा पर्न सफल भएका छन् । 

एकाउन्टबिलिटी ल्याब नामक संस्थाले आयोजना गरेको आईकन छनौटका विभिन्न चरण पार भएर दरै अन्तिम पाँचमा पर्न सफल भएका हुन् । विद्यार्थी र अभिभावकका सबै भन्दा नजिकका शिक्षकका रुपमा परिचय गराईएका दरै उक्त समुदायलाई शिक्षित बनाउने अभियानमा जुटेका बताईएको छ ।  

'त्यसकै लागि उनले लामो समयसम्म आकर्षक सुविधालाई लत्याएर आफ्नै गाउँ ठाउँको सेवा गर्ने मनस्थीती बनाए' उत्कृष्ट पाँचको नामसार्वजनिक गर्दै उक्त संस्थाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'सेवा कालको करीब तीस वर्ष समुदायलई उकस्नमा खर्च गरे । उनले घरदैलो अभियान चलाए । जसको प्रभाव आज आएर दरै समुदाएका करीव शतप्रतिशत बालबालिका विद्यालय जान थालेका छन् ।' 

आमा समुहहरू गठन गर्ने, समुहहरू मार्फत् शिक्षाको महत्व बुझाउने तथा उमेर पुगे पछि विद्यालय भर्ना गर्नुपर्छ भनेर समुदायमा सहजिकरण गर्ने अभियन्ताका रुपमा समेत उनले कार्य गरेको जनाईएको छ । विद्यालय प्राथमिक तह सम्म सञ्चालन हुँदाका प्रधानाध्यापक दरै हाल विद्यालय मावि बने पछि उक्त पद छाडेर सहायक प्रका रुपमा कार्यरत छन् । 

'उनी नभएको भए त्यस ठाउँले माद्यमिक तहसम्म पढाई हुने विद्यालय पाउने थिएन । उनको योगदानको कदर गर्दै शिक्षा कार्यालयले पनि राम्रो व्यवस्थापन गरेर विद्यालय अगाडी बढाएको भनेर कदर पत्र दिएर सम्मान ग¥यो' उक्त विज्ञप्तिमा भनिएको छ, 'विद्यालय व्यवस्थापन समितिले पनि थुप्रै पटक उनको कामको मुल्यांकन गर्दै सम्मान ग¥यो ।'

उनी सहित यस वर्षको उत्कृष्ट पाँचमा वन तथा वातावरण मन्त्रालय, योजना सहजिकरण शाखा प्रमुख ज्ञानेन्द्र कुमार मिश्र, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, काठमाडौका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदी, चुलाचुली गाउँपालिका, इलामका प्रमुख प्रशासकीय अधिकृत काजिमान राई र जिल्ला अस्पताल मुगुका सिनियर अ.न.मी. पुण्य प्रभा देवकोटा रहेका छन् । 

अब एसएमएस र वेबसाईटबाट प्राप्त मतका आधारमा इन्टेग्रिटी आईकनको छनौट हुने आयोजक संस्थाले जनाएको छ । 

मनोनयमा परेका मध्ये उत्कृष्ट पाँच जनाको नाम छनौट गर्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय संयोजक र  प्रशासनविद् काशि राज दाहाल, पुर्व सचिव पुण्य प्रसाद न्यौपाने र जीवनप्रभा लामा रहेको निर्णायक समिति गठन गरिएको थियो । 

सन् २०१४ बाट ईन्टग्रिटी आईडल बाट सञ्चालनमा रहेको अभियानको नाम परिवर्तन भई यस वर्ष देखी ईन्टेग्रिटी आईकन भएको हो । 

यस वर्ष ईन्टेग्रिटी आआईकन नेपाल २०१९ कालागि ७ डिसेम्बर २०१८ बाट सुरु भई ३० मार्च २०१९ सम्म करिव चार महिनाकालागि मनोनयन खुला गरिएको थियो । 

जसमा देशभरीबाट ११ हजार ९० मनोनयन प्राप्त भएका छनोट प्रकृयाको लागि तयार गरिएको मापदण्डको आधारमा विभिन्न सात चरणको छनौट प्रकृया पश्चात उत्कृष्ट पाँचको छनोट गरिएको संस्थाका प्रमुख नारायण अधिकारीले जानकारी दिए । 

प्रतिक्रिया