फारम भर्ने म्याद थप


काठमाडौं - त्रिभुवन विश्वविद्यालयले दीक्षान्तका लागि अनलाईन फारम भर्ने म्याद थप गरेको छ । यस अघि गत भदौ २९ गते देखि कात्तिक २ गते सम्मका लागि तोकिएको अनलाईन फारम भर्ने म्याद कात्तिक ८ गते सम्मका लागि थपिएको विश्वविद्यालयले जनाएको छ । 

४५ औं दीक्षान्तका लागि २०७५ जेठ १८ गतेदेखि २०७६ जेठ ३१ गते सम्ममा सेमेष्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तथा एमफिलतह उत्तीर्ण गरी ट्रान्सकृप्ट लिएका र सोही अवधि भित्र विद्यावारिधि पुरा गरेका विद्यार्थी योग्य हुनेछन् । 

दीक्षान्तको मिति भने पछि तय हुने छ । दीक्षान्त समारोह सम्बन्धि विस्तृत कार्यक्रम तय भए पछि विद्यार्थीले अनलाईन मार्फत् फारम भर्दा ईमेलमा प्राप्त हुने पीडिएफ फाईल प्रिण्ट गरी परीक्षा नियन्त्रण कार्यालयको छाप लगाउनु पर्ने व्यवस्था गरिएको छ । सोही आधारमा गाउन र स्कार्फ उपलब्ध गराईने जनाईएको छ । 

दीक्षान्तका लागि २०७५ जेठ मसान्त सम्म ट्रान्सकृप्ट लिईसकेका विद्यार्थीले २०७७ मंसिर मसान्तसम्ममा मूल प्रमाणपत्र लिईसक्नु पर्ने पनि विश्वविद्यालयले जनाएको छ । उक्त अवधिमा नलिएमा अतिरिक्त शुल्क लाग्ने छ ।