Edukhabar
विहीबार, १५ चैत्र २०८०
अन्तैवाट

संक्षिप्त विवरणमा ३४ पेज लामो अनुभव पेस

सोमबार, १८ कार्तिक २०७६

काठमाडौं १८ कात्तिक / ६ विश्वविद्यालयका उपकुलपति र दुई विश्वविद्यालयका सेवा आयोगका अध्यक्ष सहित सदस्य हुन ईच्छुकलाई आवेदन हाल्न शिक्षा मन्त्रालयले गरेको आह्वान अन्र्तगत पेश भएका सूची र अनुभव दुई दिनमा समेत प्रिन्ट गर्न नसकिएको आज प्रकशित नेपाल  समाचारपत्रले छापेको छ । 

प्रिन्ट गर्नै दुई दिन छनोट गर्न कति दिन ? शिर्षकमा ईश्वरराज ढकालले लेखेको खबर अनुसार १२ गतेसम्म करिब ४० जनाले आवेदन दिएको जनाएको मन्त्रालयले हालसम्म करिब सयको हाराहारीमा पुग्न सक्ने अनुमान छ।

आवेदन हाल्न गरिएको आह्वानमा ख्याती प्राप्त प्राज्ञले रुची नदेखाएको विषय यस अघि नै प्रकाशित भईसकेको छ । 

पढ्नुहोस् : ख्याती प्राप्तले देखाएनन् रुची

यो पनि पढ्नुहोस् : शंकाको सहुलियत मेटाऊ

महाशाखामा कार्यरत करिब ६ जना कर्मचारी विवरण संकलन र प्रिन्ट गर्ने व्यस्त देखिएका छन्। ‘एक जनाले त ३४ पेज लामो अनुभव पेस गरेका छन्, एक जनाकै ३४ पेज लामो अनुभव प्रिन्ट गर्दा निकै समय लागेको थियो’ –एक कर्मचारीले भने। निवेदन पेस गर्ने अधिकांशले करिब १० पेज लामो अनुभव पेस गरेका छन्।

‘केहीले त आफूले तोकेको विश्वविद्यालयमा उपकुलपति भएपछिको योजनासमेत पेस गरेका छन्’ –स्रोतले भन्यो। ६ विश्वविद्यालयका उपकुलपतिका लागि आवेदन माग गरेपछि अधिकांश नाम चलेका र मन्त्रीको निकट भएका विज्ञले मन्त्री र मन्त्रीको सचिवालयमा निवेदन पेस गरेका छन्, केहीले सचिव र केहीले महाशाखामा निवेदन दिएका थिए।

सबैको निवेदन र अनुभवपत्र संकलन गरेपछि नाम सार्वजनिक गरी उपकुलपति छनोट गर्न प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपतिसमक्ष सिफारिस गर्ने तयारी भएको छ। 

प्रतिक्रिया