Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
अन्तैवाट

सरकारका तर्फबाट आधिकारिक खबर आएन

शनिबार, २३ कार्तिक २०७६

काठमाडौं २३ कात्तिक / चिकित्सा शिक्षाका वेथिती विरुद्ध संघर्ष गर्दै आएका प्रा.डा. गोविन्द केसीले डडेल्धुराबाट १७ औं सत्याग्रह शुरु गरेको पाँच दिन सम्म सरकारले कुनै चासो दिएको छैन । केसीको सत्याग्रहबारे काठमाडौंबाट प्रकाशित सबै जसो पत्रपत्रिकाले खबर छापेका छन् ।

नागरिकमा पुष्कर भण्डारीले लेखेको खबर अनुसार डाक्टर केसीले आमरण अनसन थालेको शुक्रबार पाँच दिन पुगेको छ । यसबारे प्रधानमन्त्रीको कार्यालय, गृहमन्त्रालयमा खबर गरेको भए पनि पाँच दिनसम्म सरकारका तर्फबाट आधिकारिक रूपमा कुनै पनि खबर जानकारी नभएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताए। ‘डाक्टर केसीले सत्याग्रह थालेको दिनदेखि जिल्लामा दैनिक रूपमा भइरहेका सबै गतिविधिबारे मैले माथि जानकारी दिँदै आएको छ,’ प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘तर यस विषयमा सरकारका तर्फबाट आधिकारिक रूपमा अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।’

नागरिक समाज डडेल्धुराले यस अघि पनि डाक्टर केसीले सरकारसँग मुख्य सातवटा माग राख्दै सत्याग्रह थालेको प्रति तत्काल माग पूरा गराउन भन्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीको कार्यालयमा ध्यानाकर्षण–पत्र पठाएको थियो।

केसीको समर्थनमा डडेल्धुरामा दैनिक प्रदर्शन भइरहेको छ।

केसीको स्वास्थ्य अवस्था खस्किएपछि अस्पताल भर्ना गरिएको छ । डडेल्धुराको एक घरमा अनशन बसेका केसीको शरीरमा एसिटोन बढेसँगै सुगर पनि घट्न थालेपछि शुक्रबार राति ८ बजे जिल्ला अस्पताल भर्ना गरिएको चिकित्सक डा। जितेन्द्र कँडेलले बताए । प्रदेश सांसद कर्णबहादुर मल्ल र स्थानीय प्रशासनको रोहवरमा उनलाई अस्पताल लगिएको नयाँ पत्रिकाले लेखेको छ ।

भक्कानिइरहन्छन् डा=केसी lzif{sdf sflGtk'/df डीआर पन्तn] n]v]sf] va/ cg';f/ भेट्न आउनेहरूसँग कुरा गरिरहँदा डा= केसी बेलाबेला भक्कानिन्छन् । यो देखेर आउनेहरूको मन थामिँदैन । उनीहरूका आँखा रसाइहाल्छन् । शुक्रबार पनि त्यस्तै भयो .  दुर्गम अजयमेरुबाट भेट्न आएका जयबहादुर ऐर र डोटीको बान्डुग्री सैनका हिक्मत बलायर शुक्रबार दिउँसो डा=केसी अनशन बसेको कोठाबाट आँसु पुछ्दै निस्किए । त्यतिबेला गेटमा पहरा दिइरहेका दुई प्रहरी, कोठामा ब्लड प्रेसर जाँच्न आएकी स्वास्थ्यकर्मी र डडेलधुराकै ईश्वरीप्रसाद भाटका पनि आँखा रसाएका थिए ।
 ऐर र बलायरसँगको भेटमा । ‘म आफू र आफन्तका लागि या कुनै माफियाको फाइदाका लागि अनशन बसेको हुँदै होइन,’ डा= केसी भन्दै थिए, ‘बाजुरादेखि ओखलढुंगासम्मका गरिब जनताले सहज रूपमा स्वास्थ्य सेवा पाउनुपर्छ भनेर अनशन बसेको हुँ ।’

डडेलधुरा अस्पताल नजिकैको एउटा चिसो कोठामा स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै अनशन बसेका डा. केसीलाई भेट्न आउने जोसुकैलाई पनि उनी भन्न छुटाउँदैनन्, ‘संविधानले दिएको अधिकार माग्दा सरकारले अपराधी जस्तो व्यवहार गर्‍यो । राजनीतिक नेतृत्व जनताप्रति उत्तरदायी भएन ।’

प्रतिक्रिया