Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
गतिविधि

विद्यार्थीलाई न्यानो कपडा

मंगलबार, ०१ पुस २०७६

चितवन - बढ्दो चिसोबाट बालबालिकालाई जोगाउने उद्देश्यले स्वस्तिक नेपालले विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । भरतपुर महानगरपालिका ११, नौरङे स्थित नवजागृति आधारभुत विद्यालयका विद्यार्थीलाई कपडा वितरण गरिएको हो ।

२०६४ सालमा स्थापना भएको उक्त विद्यालयमा कक्षा १ देखि ५ सम्म विपन्न समुदायका ६५ विद्यार्थी भर्ना भएको विद्यालयसँग तथ्याङ्क छ । विद्यालयमा नियमित आउने विद्यार्थीको संख्या भने ५०–५५ को हाराहारीमा मात्रै हुने विद्यालयले जनाएको छ । आर्थिक रुपमा विपन्न परिवारका बालबालिकालाई न्यायो कपडा वितरण गरेर स्वस्तिकले निकै उदाहरणीय काम गरेको भन्दै प्रधानाध्यापक राधा अधिकारीले संस्थालाई धन्यवाद व्यक्त गरिन् ।

सामाजिक उत्तरदायित्व अन्र्तगत सफल मोटर्सको सहयोगमा उक्त कपडा वितरण गरिएको संस्थाका अध्यक्ष भरत मल्लले जानकारी दिए ।

शिक्षा र स्वास्थ्यका क्षेत्रमा सामाजिक कार्य गर्ने उद्देश्यले २०६३ सालमा हिरामान महर्जनको अध्यक्षतामा संस्थाको स्थापना गरिएको थियो । अपाङ्गता भएका सहित विपन्न विद्यार्थीलाई स्टेशनरी लगायतका शैक्षिक सामग्री वितरण गरिसकिएको संस्थाका महासचिव विष्णु लम्सालले जानकारी दिए ।

प्रतिक्रिया