Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
गतिविधि

कक्षा १० को अन्तिम परीक्षा चैत ६ गते

बुधबार, ०२ पुस २०७६

भक्तपुर - यस वर्षको कक्षा १० को अन्तिम परीक्षा आगामी चैत ६ गते सुरु हुने भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनका सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्डले मंगलबार सूचना प्रकाशन गरेर चैत १७ गतेसम्म परीक्षा हुने जनाएको छ । 

हेर्नुहोस् परीक्षा तालिका : 

शिक्षा ऐनको आठौं संशोधनले संरचनामा परिवर्तन गरेर प्रारम्भिक बाल विकास देखि कक्षा १२ सम्मलाई विद्यालय शिक्षा भित्र समेटेको छ ।

तर कक्षा १० को परीक्षालाई संघीय शिक्षा मन्त्रालयले साविककै तरिकाबाट सञ्चालन गर्दैै आएको छ । संविधान जारी भएको चार वितिसक्दा पनि संविधानको अधिकार सूचीको विस्तृतीकरणको कार्यान्वयन विपरित सरकारले साविककै एसएलसीको झल्को दिने गरी तामझाम र हल्ली खल्ली गर्दै  कक्षा १० को परीक्षा र नतिजा सार्वजनिक गर्ने भन्दै आलोचना जारी छ ।  संविधानको अनुसूचिमा उल्लेखित अधिकार सूचीको विस्तृतीकरण अन्र्तगत संघ, प्रदेश र स्थानीय तहले गर्नुपर्ने कार्य र क्रियाकलापका १ हजार ८ सय वटा काममा कक्षा १० को परीक्षाको सम्पूर्ण जिम्मा प्रदेश सरकारको हुने स्पष्ट व्यवस्था रहेको छ । 

 

प्रतिक्रिया