Edukhabar
बुधबार, १२ बैशाख २०८१
गतिविधि

छात्रावास भवनको उद्घाटन

आइतबार, ०६ पुस २०७६

काठमाडौं - कीर्तिपुरको चम्पादेवीमा सशस्त्र प्रहरीद्वारा सञ्चालित एपिएफ स्कुलमा निर्माण भएको नयाँ छात्रावास भवनको उद्घाटन गरिएको छ । भारतीय दूतावासको चार करोड छयासी लाख चौतिस हजार पाँच सय चौसठ्ठी रुपैंया सहयोगमा बनेको उक्त २६ कोठे छात्रावासको उद्घाटन दुतावासका विशेष प्रतिनिधि डिपुटी चिफ अफ मिसन डा. अजय कुमारले गरेका हुन् । 

कक्षा ४ देखि १२ सम्म पढाई हुने विद्यालयमा कक्षा १० सम्मका विद्यार्थी छात्राबासमा बस्छन् । ५ सय ६८ कुल विद्यार्थी मध्ये कक्षा १० सम्म अध्ययनरत ९९ छात्राहरुलाई लक्षित गरि उक्त भवन बनाईएको हो । 
भवन उद्घाटन कार्यक्रममा बोल्दै कुमारले छात्रावास भवनले देशका विभिन्न स्थानबाट आएका विद्यार्थीलाई सहज बसाइको वातावरण निर्माणमा सहयोगी हुने अपेक्षा व्यक्त गरे । आउँदा दिनमा विद्यालयलाई आवश्यक सहयोगमा कमी हुन नदिने उनको प्रतिवद्धता थियो । 

२०६२ सालमा स्थापना भएको विद्यालयलमा सशस्त्र कर्मचारी सहित सर्वसाधारणका सन्तान पढ्न पाउँछन् । 

उक्त भवनको शिलान्यास २०७१ साल असार २७ गते तत्कालिन भारतीय रातदूत रणजित रायले गरेका थिए । 

उद्घाटन समारोहमा विद्यालयका प्रधानाचार्य युवराज पराजुली र व्यवस्थापन समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले भवन निर्माणमा सहयोग गरेकोमा दूतावासलाई धन्यवाद व्यक्त गरे । 

कार्यक्रममा विद्यार्थी, शिक्षक सहित सशस्त्र प्रहरी बलका अधिकृत, कीर्तिपुर नगरपालिकाका जनप्रतिनिधि र अन्य शिक्षा सरोकारवालाको उपस्थिती थियो ।

प्रतिक्रिया