Edukhabar
विहीबार, १३ बैशाख २०८१
गतिविधि

समाज विज्ञानका लेख प्रकाशन गर्न जर्नल

मंगलबार, १५ पुस २०७६

काठमाडौं - समाज विज्ञानसँग सम्वन्धित अनुसन्धानमा आधारित लेखहरु प्रकाशन गर्ने उद्देश्यले “सोसल इन्क्वारी, जर्नल अफ सोसल साइन्स” को प्रकाशन शुरु गरिएको छ ।  शसक्तिकरण र दिगो विकास मञ्च नेपालले अर्धवार्षिक रुपमा प्रकाशन गर्ने गरी पहिलो अँक प्रकाशन गरिएको छ । 

शोधपत्रका कार्यकारी सम्पादक श्रीप्रसाद देवकोटाले उक्त शोध पत्रिका अन्तराष्ट्रिय मानक सिरियल नम्बर ((ISSN/ eISSN)  र डिजिटल बस्तु पहिचान कर्ता नम्बर  (DOI) प्राप्त रहेको जानकारी दिए । उनका अनुसार नेपाली समाज विज्ञानमा आधारित अनुसन्धानात्मक लेखहरु अन्तराष्ट्रिय क्षेत्रमा स्थापित गर्नु शोध पत्रिकाकाको मुख्य लक्ष्य रहेको छ ।

जर्नलको पहिलो अँकमा समाज विज्ञानमा आधारित आठ वटा शोध लेखहरु प्रकाशित छन् । इनयाप्सकि कार्यक्रम विशेषज्ञ सिउक्स कमिंगका अनुसार विश्वका प्रतिष्ठित विश्वविद्यालयका प्राध्यापकहरु सहित मुलुकका प्राध्यापक र शैक्षिक व्यक्तित्वहरुको संलग्नतामा प्रकाशित शोध जर्नल क्रसरेफ, युविक्युटि प्रेस र नेपजोलबाट प्रमाणित छन् । 

शोध सामग्री अध्ययनका लागि यहाँ क्लिक गर्नुहोस् : “सोसल इन्क्वारी, जर्नल अफ सोसल साइन्स”

शोध लेखहरुको अन्तराष्ट्रिय गुणस्तर कायम गर्दै स्तरीय शोध लेख प्रकाशन गर्ने उद्धेश्य सहित प्रकाशन शुरु गरिएको मञ्चले जनाएको छ । विश्वका जुन सुकै विश्वविद्यालय वा समाजका शोधकर्ताहरुले प्रकाशनका लागि शोध सामग्री पठाउन सक्ने जनाईएको छ । 

प्रतिक्रिया