Edukhabar
शनिबार, ०८ बैशाख २०८१
शिक्षामा यो साता

स्थानीय तहका उदाहरणीय र नवीनतम प्रयासहरु

आइतबार, ०५ माघ २०७६

काठमाडौं - गत साता सञ्चार माध्यममा शक्ति केन्द्रको हित र सर्वसाधारण अभिभावक विपक्षमा जारी गरिएको शिक्षा नीतिको आलोचना गरेका लगायतका थुप्रै विषयहरु प्रकाशित भए । साना प्राथमिक कक्षामा ढलान गरेको चिसो भुइँमा बसेर पढिरहेका बालबालिकाका लागि डेस्क बेञ्च र फर्निचरको आवश्यकता परेको समाचार  आएको छ । तर उक्त समाचारमा प्राथमिक तहका बालबालिकाले पढ्ने कोठाका भुइँ नै ढलान गर्न नहुने बिषयलाई भने उठान गर्न सकेको छैन ।

विद्यालय तहको पाठ्यक्रममा योग बिषय समावेस गरिएका, स्थानीय सरकारका उदारणीय कामहरु पनि गत साताका छापामा प्रकाशित भएका छन् । स्याङ्जाको फेदिखोला गाँउपालिकाले “एक शिक्षक, एक ल्यापटप” अभियान थालेको छ । यसै गरी भक्तपुर नगरपालिकाले पालिका भित्रका विद्यार्थीलाई शैक्षिक ऋण दिने भएको छ । एक सेवा निवृत्त शिक्षकले आफूले पढाएको विद्यालयका बालबालिकाको दिवा खाजाका लागि आफ्नो निवृतिभरणको पैसा खर्च गरेको पनि समाचार आएको छ ।

शिक्षा मन्त्रालयले हालै सार्वजनिक गरेको शिक्षा नीतिको विश्लेषण गरिएको विषय प िनगत साता छापामा प्रकाशित भएको छ । उक्त आलेखमा शिक्षा नीति शिक्षक युनियन, सरकारी कर्मचारी र निजी विद्यालय सञ्चालकको स्वार्थमा र अभिभावकको चाहना विपरित भएको भनिएको छ ।

कान्तिपुर दैनिकमा प्रकाशित शिक्षा नीतिसँग सम्बन्धित विचारमूलक लेखमा प्रकाशित व्यङ्गचित्र ।

भक्तपुर नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ का आधारमा नगरपालिका अन्तरगतका ९१ जना विद्यार्थीलाई शैक्षिक ऋण उपलब्ध गराउने निर्णय गरेको छ । शैक्षिक उपलब्धी राम्रो भएका र आर्थिक समस्या परेका विद्यार्थीलाई वडा अध्यक्षको सिफारिसमा ऋण स्वीकृत गरिएको हो ।

एक अर्को विचार मूलक लेखमा पठन संस्कृतिका अवरोधहरूलाई उठान गरिएको छ । लेखकले विद्यालय तहका बालबालिकामा पठन संस्कृतिको गराउन नसक्दासम्म राज्यले  शिक्षक तालिमका नाममा गरेको लगानीले अर्थ नराख्नने जनाएका छन् । यसका लागि शिक्षक, अभिभावक र समाजको महत्वपूर्ण भूमिका रहने उल्लेख गरेका छन् ।

पाठ्यपुस्तक र विद्यार्थीको आवश्यकताबीचको सम्बन्धलाई अध्ययन गर्नु आवश्यक छ । बालबालिकाहरुमा प्राकृतिक रुपमा पढाइप्रति उत्सुकता जगाउनुको साटो किताबको अगाडी जर्जस्त बस्न बाध्य गराइने गरेको प्रचलन देखिन्छ । बालबालिकालाई उनीहरुको रुचि र चाहना विपरित असहज परिवेशमा जर्बजस्त पढाउनुले बालबालिकले पछि सम्म पनि पाठ्यपुस्तक बाहेक अरु पुस्तक पढ्ने रुचि जगाउँदैन ।

विद्यालय तहको पाठ्यक्रममा योगालाई समावेश गरिने भएको छ । विद्यालय तहमा योग शिक्षालाई  अनिवार्य गर्ने बिषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पूर्णतया तयारी अवस्थामा रहेको जनाइएको छ । मन्त्रालयका एक सहसचिवका अनुसार कक्षा ९, १०,११ र १२ कक्षामा योग बिषयको पाठ्यक्रम विकास समेत भैसकेको छ । एकिकृत विधिको अवलम्बन्न गर्दै अंग्रेजी नेपाली जस्ता अनिवार्य बिषयमा केहि अंशको रुपमा योग विषयलाई समावेस गर्न लागिएको हो । विद्यार्थीले भने योगा, आयुर्वेद र प्राकृतिक उपचार मध्ये कुनै एक बिषयलाई ऐच्छिक बिषयका रुपमा छान्न पाउनेछन् । स्वस्थ जीवनशैलीलाई बढवा दिने आशयले योगा बिषयलाई विद्यालय तहको पाठ्यक्रममा समावेस गरिएको मनन्त्रालयका प्रवक्ताले बताएका छन् । यी बिषयले अन्य बिषयले जत्तिकै मान्यता पाउने छन । आगामी शैक्षिक सत्रबाट यी बिषयको पठनपाठन थालनी गरिने भएको छ ।

विद्यार्थीलाई प्रविधिसँग जोड्नका लागि स्याङ्जाको फेदिखोला गाँउपालिकामा एक शिक्षक एक ल्यापटप अभियान शुरु भएको छ ।  “श्रव्यदृष्य सामग्रीको माध्यमबाट बालबालिकाको सिकाइलाई प्रभावकारी बनाउन यो अभियान कार्यान्वयन गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुखले बताएका छन अभियानको सुरुवाती चरणमा ११५ थान ल्यापटप वितरण गरिएको छ । प्रत्येक विद्यालयलाई एकएक ओटा प्रोजेक्टर उपलब्ध गराउने पनि पालिकाको योजना रहेको जनाइएको छ ।

विचारमूलक लेखमा विद्यालयको शिक्षण सिकाइ अभ्यासमा सुधार ल्याउनका लागि परीक्षाको विशिष्टिकरण तालिकामा सुधार गर्नु आवश्यक रहेको बिषयमा चर्चा गरिएको छ । कमजोर तरीकाले बनाएका परीक्षणका साधनहरुले विद्यार्थीको वास्तविक क्षमता मापन नहुने भएकाले यसमा सुधार गरी शिक्षकको कक्षाकोठाको सिकाइलाई प्रभावकारी बनाउनुपर्ने जोड दिइएको  छ ।

‘शिक्षामा यो साता’ छापा माध्यममा शिक्षाले पाउने स्थानलाई विश्लेषण गर्ने एउटा संयुक्त प्रयास हो । छापा माध्यमले साता भर स्थान दिएका शैक्षिक विषय वस्तुको पहिचान र तिनको बृहत व्याख्या गर्दै, समाचारको पृष्ठभुमी व्याख्या गर्ने यो विश्लेषणको प्रमुख उद्देश्य हो । हामीलाई विश्वास छ यो प्रयासले नीति निर्माता र शिक्षासँग सम्बन्धित व्यक्तित्वहरुलाई यो क्षेत्रमा उठिरहेका सवाल र भइरहेका छलफलका विषयसँग साक्षात्कार गराउने छ । शिक्षा नीति तथा अभ्यास केन्द्रसंगको सहकार्यमा एडुखबरले कान्तिपुर (नेपाली) र द हिमालयन टाइम्स (अंग्रेजी) दैनिक हिमाल साप्ताहिक (नेपाली), मा २०७६ पुस २३ देखि २९ गते  सम्म प्रकाशित शिक्षा सम्वन्धि विषयवस्तुलाई आधार बनाई यो विश्लेषण गरिएको हो – सम्पादक ।

यो विश्लेषणलाई अंग्रेजीमा पढ्नुहोस् : Exemplary Innovation at local level and public outrage against policies from central government

अहिले सम्म प्रकाशित सबै विश्लेषणलाई एकै ठाउँबाट पढ्नका लागि यो लिंक क्लिक गर्नुहोस् : शिक्षामा यो साता

प्रतिक्रिया