Edukhabar
विहीबार, ०६ बैशाख २०८१
खबर/फिचर

शिक्षा अधिकृतको अन्तर्वार्ता शुरु

बुधबार, ०८ माघ २०७६

काठमाडौं - स्थानीय तहमा नियुक्ति हुने गरी छनौट गर्न लागिएका शिक्षा अधिकृतको अन्तर्वार्ता शुरु भएको छ । ३ सय ३९ पदका लागि लोक सेवा आयोगले छनौट गर्ने उक्त पदका लागि ४ हजार २ सय ६५ जनाले जाँच दिएका थिए । गत भदौमा भएको परीक्षाबाट अन्तर्वार्ताका लागि ४ सय ३० जना छनौट भएका छन् । बुधबारबाट शुरु अन्तर्वार्ताबाट ९१ जना फालिने छन् ।  

विद्यालय तह सम्मको अधिकार स्थानीय सरकार मातहत भएको यतिका समय सम्म पनि सबै पालिकामा शिक्षाका कर्मचारी नपुग्दा काममा नकारात्मक प्रभाव परेको छ । अझै पनि झण्डै २ तिहाई पालिकामा शिक्षाका कर्मचारी छैनन् । बढुवा, सेवा सर्त जस्ता कुरा स्पष्ट नभएको भन्दै कर्मचारीले समायोजनमा रुची नदेखाए पछि विवाद समेत भएको थियो । अहिले सम्म पनि कानून नबन्दा उक्त विषय अझै अस्पष्ट नै छ । संघमा भएका सबै कर्मचारीले स्थानीय तह रोजेको भए पनि सबै पालिकामा शिक्षाका कर्मचारी नपुग्ने अवस्था भए पछि उक्त विज्ञापन गरिएको हो ।  

पालिकाहरुलाई चाहिने आवश्यक कर्मचारीको संख्या संघीय मन्त्रालयले निर्धारण गरेको थियो । कर्मचारी परिपूर्ति गर्न संघीय तथा सामान्य प्रशासन मन्त्रालयलाई आयोगले तोकेको संख्याका आधारमा उक्त विज्ञापन भएको हो । 

 

प्रतिक्रिया