Edukhabar
मंगलबार, ०४ बैशाख २०८१
अन्तैवाट

सट्टा शिक्षक व्यवस्थापन कार्यविधि स्वीकृत

शुक्रबार, ०२ फागुन २०७६

काठमाडौं २ फागुन / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रसूति सट्टा शिक्षक व्यवस्थापन कार्यविधि स्वीकृत गरेको छ। 

नागरिकमा सुत्केरीले ९८ दिनसम्म सट्टा शिक्षक राख्न पाउने शिर्षकमा प्रकाशित खबर अनुसार बुधबार बसेको नगर कार्यपालिकाको बैठकले सुत्केरी भएका शिक्षिका र महिला कर्मचारीले ९८ दिनसम्म सट्टा शिक्षक तथा कर्मचारी राख्न पाउने व्यवस्थासहितको कार्यविधि स्वीकृत गरेको हो।

यसअघि सामुदायिक विद्यालयमा कार्यरत शिक्षिकालाई मात्र ९८ दिनसम्म सट्टा शिक्षक राखेर सुत्केरी बिदामा बस्न पाउने कार्यविधि ल्याएको नगरपालिकाले पहिलो संशोधन गरेर विद्यालयमा कार्यरत कार्यालय सहयोगी र बालविकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्ताले समेत सुत्केरी भएका बेला सट्टा शिक्षक राख्ने व्यवस्था गरेको हो।

९८ दिनसम्म सुत्केरी बिदामा बस्दा विद्यालयको पठन–पाठन अवरुद्ध हुने स्थिति आउने भएकाले सट्टा शिक्षक राख्न सकिने व्यवस्था शिक्षा नियमावलीमा समावेश गरिएको मेयर दीपनारायण रिजालले बताए। सुत्केरी बिदामा बसेका शिक्षिका र कर्मचारीको सट्टामा काम गर्ने सट्टा शिक्षकलाई नगरपालिकाले विशेष कोषबाट तलब व्यवस्था गरेको जनाएको छ।

प्रतिक्रिया