स्वयंसेवक शिक्षक सम्वन्धमा
देशका कुना कन्दरा, गाउँ, ठाउँ जहाँ स्थायी, अस्थायी शिक्षक जान मानेका छैननु र जान सकेका छैनन् । शिक्षक अभाव भएका यस्ता दुर्गम ठाउँमा गएर देशमा निकै कम जनशक्ति भएका विषयहरु इञ्जिनियरिङ, कृषि विज्ञान, कानुन, विज्ञान, गणित र अङ्ग्रेजी आदि विषयहरु पढाएर उर्वर र उर्जाशील उमेर राज्यको सेवामा खर्चेर फेरी पनि अस्थायी, करार, राहतलाई जस्तै म्याद थप गरी लामो समय स्वयंसेवा गर्नु परेमा वा गराएमा वहाँहरुलाई त्यतिकै बिदा गर्नु परे वहाँहरु प्रति अन्याय होला !
त्यसैले कम्तीमा प्रत्येक ६–६ महिनामा लाइसेन्स परीक्षा र प्रत्येक ६–६ महिनामै आयोगले खुला प्रतिस्पर्धाबाट स्थायी शिक्षककै नियुक्ति गर्नुपर्छ ।
- यस स्तम्भमा शिक्षासँग सम्बन्धित विषयमा सामाजिक सञ्जालमा व्यक्त विचारलाई स्थान दिईन्छ – सं.
सघिय शिक्षामन्त्री शिक्षा क्षेत्र बन्दक नबनाउ , इसिडी बाल बिकासका शिक्षक मासिक ६००० हजार तलबमा शिक्षण गर्नुपर्ने दु:खद अवस्था छ , शिक्षाको पहिलो आधार बाल कक्षा हो। पहिला बालबिकासका शिक्षकको न्युतम पारिश्रमिक लागू गर । अस्थायी र राहत शिक्षको उचित ब्यबस्थापन अझै बाकी छ , स्थानिय सरकारको क्षेत्र अधिकार हनन गरेर स्वयंसेवक शिक्षकको न्युक्ती गर्नु मिल्दैन यो सबिधान बिपरित छ। कता गयो सघिय शिक्षा एन ? सघियता कार्यन्यनमा खिल्ली न उडाउ स्थानीय सरकारका महासघ कता मुकदर्शक भए किन बोल्दैन? गलत नियत र असैबधानिक गतिविधि बन्द गर , शिक्षक सेवा आयोगको काम के हो? स्वयंसेवक शिक्षकको भर्ना प्रक्रिया रद्द गरौ।