Edukhabar
विहीबार, १५ चैत्र २०८०
खबर/फिचर

अध्ययन गर्न समिति गठन सँगै आन्दोलनका कार्यक्रम स्थगित

शुक्रबार, ३० फागुन २०७६

काठमाडौं - गणित विवादबारे अध्ययन गर्न सरकारले समिति गठन गरेसँगै कम्प्युटर फ्याकल्टी एसोसिएसन अफ नेपाल सिफ्यानले आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । आफू लगायत अन्य संघ संगठनहरुले  उठाएका मुद्धाहरुलाई समितिले सम्बोधन गर्ने अपेक्षा सहित उक्त निर्णय गरिएको सिफ्यानका महासचिव रमेश रिमालले जानकारी दिए । सम्बन्धित पक्षसंग छलफल गरि राय सुझाब सहित प्रतिवेदन पेश हुने अपेक्षा गरेको उनले बताए । 

सरकारले शैक्षिक सत्र २०७७ देखि लागु गर्ने तयारी गरेको पाठ्य संरचनामा विद्यार्थीले ऐच्छिक बिषयको रुपमा समेत कम्प्युटर बिज्ञान बिषय रोज्न नपाउने अवस्था सिर्जना गरिएको भन्दै सिफ्यान आन्दोलित थियो । 

'हामीले उठाएका केहि माग सम्बोधन भएको र बाँकी समस्या कार्यदल मार्फत समाधान हुने विश्वास सहित आन्लोलनका कार्यक्रम स्थगित गरिएको हो' उनले भने 'हाम्रो बैठकले बाह्य परीक्षकको रुपमा नगएर प्रयोगात्मक परीक्षा संचालनमा गर्दै आइरहेको असहयोगको आन्दोलन पनि हाललाई स्थगित गर्ने निर्णय गरेका हौं ।' 

गणितलाई ऐच्छिक बनाईएको भन्दै विरोध भईरहेका बेला पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ मा गणित तथा कम्प्युटर विषयका बारेमा अध्ययन गर्न पुल्चोक इञ्जिनियरिङ क्याम्पसका प्राध्यापक सुवर्ण शाक्यको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो । ४ बुँदे कार्यादेश पाएको उक्त समितिलाई प्रतिवेदन पेश गर्न सात दिनको अवधि दिईएको छ । 

पढ्नुहोस् : गणित विवादबारे अध्ययन गर्न समिति गठन, ४ बुँदे कार्यादेश

 

प्रतिक्रिया