Edukhabar
मंगलबार, ११ बैशाख २०८१
खबर/फिचर

नयाँ भर्ना र प्रवेश परीक्षा समेत नगर्न सरकारको अपिल

मंगलबार, ०४ चैत्र २०७६

काठमाडौं - विद्यालयहरुमा नयाँ भर्ना र प्रवेश परीक्षा समेत नगर्न सरकारले अपिल गरेको छ । चीनबाट शुरु भएर विश्वव्यापी रुपमा महामारीको शैलीमा फैलिएको कोरोना कोभिड १९ संक्रमण फैलन नदिन सरकारले उक्त सजगता अपनाउन अपिल गरेको हो । 

शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले मंगलबार सार्वजनिक गरेको अपिलमा चैत ५ अर्थात् बुधबार भित्र वार्षिक परीक्षा सक्न यस अघिनै सरकारले गरेको आग्रह स्मरण गराएका छन् । 

'संक्रमणको त्रास रहेको यो अवस्थामा परीक्षा सकेका विद्यार्थीलाई घर बाहिर नजान एवं यो अवधिमा मुलुकको विशेष परिस्थितीलाई ध्यानमा राखि विद्यालयमा सांस्कृतिक कार्यक्रम, अभिभावक दिवस, नतिजा सार्वजनिकरण, प्रवेश परीक्षा वा भर्नाका नाममा भीडभाड वा आम भेला नगर्न' मन्त्रीको अपिल छ । 

वार्षिक परीक्षा सकिएसँगै कतिपय निजी विद्यालयहरुले ५ गते पछि नयाँ भर्नाका लागि प्रवेश परीक्षाको मिति तय गरेका छन् । सरकारको यो अपिलसँगै ५ गते पछिका लागि निर्धारण गरिएका त्यस्ता कार्यक्रम स्थगित गर्नु पर्ने छ ।  

यो पनि पढ्नुहोस् : कक्षा १० को अन्तिम परीक्षा, त्रसित नहुन शिक्षा मन्त्रीको अपिल

प्रतिक्रिया