Edukhabar
शनिबार, ०८ बैशाख २०८१
खबर/फिचर

विद्यालयमा हुने गतिविधि रोक्न स्थानीय तहसँग समन्वयका लागि पत्राचार

बुधबार, ०५ चैत्र २०७६

काठमाडौं - विद्यालयहरुमा नयाँ भर्ना र प्रवेश परीक्षा समेत नगर्न सरकारले गरेको अपिल कार्यान्वयन गर्न शिक्षा मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशाशन मन्त्रालयलाई स्थानीय तहहरुसँग समन्वय र सहजीकरणका लागि आग्रह गर्दै पत्राचार गरेको छ । चैत ५ गते भित्र बार्षिक परीक्षा सक्न यस अघिनै गरेको आग्रह स्मरण गराउँदे सोही अनुसार परीक्ष सकेका विद्यार्थीलाई घर परिवारमा नै रहन तथा विद्यालयमा हुने विभिन्न कार्यक्रम नगर्न गरिएको अपिल कार्यान्वयन गर्न पत्रमा भनिएको छ । 

'मुलकको विशेष परिस्थितीलाइृ ध्यानमा राखि विद्यालयमा सांस्कृतिक कार्यक्रम, बार्षिक अभिभावक दिवस, नतिजा सावैजनिकिकरण, ईष्ट्रान्स परीक्षा तथा भर्नाको नाममा भीडभाड वा भेला हुने प्रकृतिका कार्यक्रम नगर्न नगराउन सबै विद्यालयलाई आह्वान गरिएको छ' उक्त पत्रमा भनिएको छ, 'सो बमोजिम गर्ने गराउने कार्यमा सहजीकरण र समन्वयका लागि स्थानीय तहहरुलाई तहाँबाट निर्देशन हुन अनुरोध गरिन्छ ।'

चीनबाट शुरु भएर विश्वव्यापी रुपमा महामारीको शैलीमा फैलिएको कोरोना कोभिड १९ संक्रमण फैलन नदिन सरकारले उक्त सजगता अपनाउन अपिल गरेको हो । 

वार्षिक परीक्षा सकिएसँगै कतिपय निजी विद्यालयहरुले ५ गते पछि नयाँ भर्नाका लागि प्रवेश परीक्षाको मिति तय गरेका छन् । सरकारको यो अपिलसँगै ५ गते पछिका लागि निर्धारण गरिएका त्यस्ता कार्यक्रम स्थगित गर्नु पर्ने छ ।  

बुधबार बसेको उप प्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले शिक्षण संस्था बन्दको निर्णय गर्दै सबै खाले शैक्षिक गतिविधिमा रोक लगाएको छ । 

पढ्नुहोस् : शिक्षण संस्था बन्दको निर्णय, सबै खाले शैक्षिक गतिविधिमा रोक

 

प्रतिक्रिया