Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
विचार / विमर्श

गर्नु पर्ने त धेरै छ, तत्काल भने बालबालिकालाई विद्यालयसँग जोडौं, विद्यालय सञ्चालन गरौं

शुक्रबार, ०९ जेठ २०७७

ह्यूमन राइट वाच डग का अनुसार कोरोना भाईरस (कोभिड-१९) को धेरै असर बालबालिकामा देखिने छ । उक्त रिपोर्टका अनुसार १.५ बिलीयन भन्दा बढी बालबालिका विद्यालय बाहिर छन् । साथै  यस महामारीको  असर धनि राष्ट्रका बालबालिका भन्दा गरीब राष्ट्रका बालबालिकमा अझ डरलाग्दो हुने संयुतm राष्ट्रसंघको निष्कर्श छ । हालै यूनिसेफले गरेको प्रक्षेपणमा ६ महिनामा नेपालमा चारहजार बालबालिकाको मृत्यु हुन सक्ने देखिएको छ । यस परिदृश्यमा हाम्रा विद्यालय तहका बालबालिकाकामा परेको असर  र असर न्यूनिकरणका उपाया  खोज्नु पर्ने बेला  आएको छ ।

भाईरस सक्रमणको वोखिम न्यूनिकरण गर्न भन्दे शुरु लकडाउन जाी छ । संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै छ ।  लकडाउनबाट पारपाइ सामान्य जीवनमा आउन पक्कै पनी केही समय लाग्ने नै छ । त्यतिञ्जेल बालबालिकाको रमाउने खेलमैदान र ज्ञानगुन सिक्ने शैक्षिक संस्थाहरु बन्द रहने छन् । सामाजिक जीवन र सिकाइ सीपको अभ्यास गर्ने एक मात्र स्रोतको रुपमा रहेका विद्यालयहरु बाट बालबालिका टाढा भएसँगै सिकाइको लागि विद्यालयनै भर पर्ने अभिभावक तथा विद्यार्थीमा नकारात्मक प्रभाव पर्ने छ । अभिभाबक नै नभएका सडक बालबाकिका अवस्था त अझै डरलाग्दो छ ।

विद्यालय जाने बालबालिकासँग बालबालिकाको सम्बन्ध टुटेको छ । जसले गर्दा हाम्रा बालबालिकाको सिकाइको स्तर अझै कमजोर भइरहेको छ । सिकाइ र विद्यालय कक्षाको सम्बन्ध जोडेर सन् २०१५मा स्विडेनमा गरिएको अध्ययनले के देखाउँछ भने नियमित कक्षा भन्दा १० दिनको थप कक्षाले विद्यार्थीको सिकाइको औसत प्रप्ताङ्गमा १ प्रतिशतले बढ्छ  ।

त्यसो त प्रविधिको पहुँचमा रहेका विद्यालयहरुले चलाएका अनलाइन कक्षामा समेत विद्यार्थी अझै अभ्यस्त भैसकेका छैनन् । दुर्गम तथा पिछडिएका क्षेत्रका विद्यालय बालबालिकाको पहुँच प्रविधीसंग छैन । अनलाईन कक्षा निजी विद्यालयले शुरु गरे पनि अधिकाँश सामुदायिक विद्यालय र शिक्षकहरु यतिखेर चुपचाप छन् । यस्ता विद्यालयका विद्यार्थीका लागि कुनै भरपर्दो वैकल्पिक उपाय कतै शुरु भएको देखिदैंन । यस परिस्थीतिमा अति विपन्न समुदायका बालबालिका र अपागंता भएका बालबालिकाको सिकाइ अझै सकस हुनेछ । यसरी कमजोर सिकाइबाट अघि बढेका भोलिका कर्णधार हरेक क्षेत्रमा कमजोर साबित हुनेछन् । उक्त जनशक्तिबाट निर्माण हुने हाम्रो मानव संशाधनमा पर्ने असरको मापन गर्न निकै कठिन छ ।  

आफ्ना उमेर समुहका साथीहरुसँग बसेर बालबालिकाले आफ्ना संवेगहरु साट्न पाएका छैनन् । एकातिर घर भित्रनै बस्नुपर्ने र अर्कोतिर अभिभावकको प्रत्यक्ष निगरानीमा बस्दा आफूलाई स्वत्रन्त्र भएको पाउँदैनन । त्यसैले बालबालिकामा रिसाउने जिद्धि गर्ने जस्ता संवेगहरु बढेर जाने देखिन्छ । साथै हालको परिस्थितिमा रोकिएका परीक्षा कुने नहुने यकिन नभइसकेको परिस्थितिले विद्यार्थीमा डर पालेर बसिरहनुपर्ने परिस्थिति छ । जुन डरका कारण पढाइमा ध्यान दिनुुको सट्टा बाहिरी क्रियाकलापमा ध्यान दिनेछन् ।  विस्तारै पढाइ प्रति उनिहरुको बितृष्णा बढ्दै जानेछ । ति विद्यार्थीलाई पुन विद्यालयमा ल्याउन र टिकाइ राख्न  हाम्रा लागी निकै सकस हुनेछ ।  जसले गर्दा  विद्यार्थी विद्यालय छोड्ने दर उल्लेख्य रुपमा वृद्धि हुनेछ ।

विद्यालय विभिन्न समाजहरुको एकीकृत वस्ती हो । विद्यालय बालबालिकाको सामाजिकिकरणको अभ्यासका केन्द्र भएकाले उनीहरुले सामाजिकीकरणका लागी आफुलाई प्रयोग गर्दै सिक्दै अगाडि बढ्ने गर्दछन् । आफ्नो विद्यालय परिवारसंग सम्बन्ध टुटेका कारण उनीहरुको सामाजिकरणको बाटो अहिले बन्द छ । आफुलाइ समाज अनुकुल बनाउँदै अगाडी बढ्ने अवसरहरु कम हुने नै छन् ।

ग्रामीण भेगका बालबालिका यसवेला घरमा छैनन् । उनीहरुमा कामको चटारो छ, घरायसी मेलापात र खेतबारीमा समेत परिचालित भएका छन् । कतै कतै विपन्न परिवारका बालबाकिाहरु आर्थिक उपार्जनमा समेत संलग्न रहेका छन् । न्यून आय र ज्यालादारीमा चलेको परिवारका बालबालिकाको अवस्था भयावह अनुमान गर्न कठिन छैन । कतिपय बालबालिका घरेलु हिंसा तथा यौनजन्य अपराधका शिकार समेत भएका हुन सक्छन् ।

सामाजिक सञ्जालको दुरुपयोगका कारण बिषेश गरी किशोरीहरुमा दुव्र्यवहार बढेको सुनिन्छ । असामान्य अवस्था सृजना भएसँगै बाल हिंसामा बढोत्तरी हुने बिगतका घटनाहरुबाट अनुभव लिन सकिन्छ । सन् २०१४ देखी २०१६ मा पश्चिम अफ्रिकी मुलुुकहरुमा चलेको इवोला महामारीको समयमा बालश्रम, घृणा, यौनहिंसा र बालगर्भवतिको संख्या बढेको थियो । तसर्थ यस्ता विषयमा हामी पनि सचेत हुन जररी छ ।

देशमा आर्थिक क्रियाकाप ठप्प हुँदा त्यसको मार अप्रत्यक्ष रुपमा बालबालिकाका माथि परेको छ । अभिभावकको आम्दानी गुम्दा स्वभाविक रुपमा क्रयशक्ति कमजोर हुने छ । यसले गर्दा अभिभावकको आफ्ना बालबालिकाको शैक्षिक उन्नयनका लागी खर्च गर्ने बजेटमा कमी आउने छ । अभिभावकको आम्दानी कम भएसंगै मध्यम तथा न्यून वर्गका अभिभावकले आफ्ना नानीहरुलाई  पढ्दै गरेको नीजि विद्यालय पढाउन सक्ने अवस्था नरहने देखिन्छ ।  जसको भार सामुदायिक विद्यालय माथि पर्ने छ । सामुदायिक विद्यालयमा शिक्षक विद्यार्थी अनुपात बढ्नेछ र थप चुनौती देखिन्छ । साथै यसको प्रभाव पूर्ववाल्य अवस्था र बाल्य अवस्थाका बालबालिकामा धेरै पर्ने छ । अभिभावकको आर्थिक समस्याका कारण बालबालिककाका लागी पोषिलो खानेकुरा, दुध,औषधी, स्याहार कम भई शारीरिक तथा मानसिक विकासमा क्षति वेहोर्न पर्ने स्थिीति देखिन्छ ।

लकडाउनले पूुर्व निर्धारित परीक्षाका तालिका अनिश्चित मात्रै भएका छैनन् नयाँ शैक्षिक बर्षका कार्यक्रम पनि रोकिएका छन् । सरकारका शिक्षा हेर्ने निकाय पनी ठोस योजना बिना अलमलमा छन् ।

भनिन्छ समस्यानै आवश्यकताको जननी हो । अब ती चुनौतिहरुका बिचबाट समाधान निकाल्नै पर्ने हुन्छ । विद्यालय खोल्ने परिस्थीती अहिल्यै नरहे पनी बालबालिका र विद्यालयलाइ जोड्न कुनै न कुनै विकल्प निकाल्नै पर्छ । साधन र स्रोतको उपलब्धता हेरीे अनलाइन, रेडियो, टीभि वा शिक्षकलाइ घरघरै पठाएर शैक्षिक गतिविधि सञ्चालन गर्न सकिन्छ । बालश्रम बढ्नुको सिधा सम्बन्ध अभिभाबकको आम्दानि संग जोडिन्छ । त्यसैले अभिभावकको आर्थिक बोझ कम गर्न सरकारले विपन्न परिवारका लागी उपयुक्त आर्थिक प्याकेज ल्याउनुर्ने कुरामा जोड दिनु पर्ने देखीन्छ । स्थानीय सरकारहरुले विपन्नलाई दिदैं आएको राहत प्याकेजमा चामल, दाल सँगै बालबालिकाका लागी आवश्यक शैक्षिक साामग्री पनि वितरण गर्ने तर्फ सोच्न आग्रह छ ।

मुख्य कुरा बालबालिकालाई विद्यालयको सम्पर्कमा ल्याउन सके विद्यालय छोड्ने दर घट्ने छ । आइसोलेसन तथा डरबाट सृजित मनोवैज्ञानिक असरलाई कम गर्न योग, ध्यान र मनोरञ्जनात्मक कार्यमा जोड दिनुपर्ने देखिन्छ । बालश्रम, यौनजन्य हिंसा जस्ता अपराध कम गर्न रेडियो र टिभीमा  सन्देश मूलक नाटक तथा भिडीयो प्रसारण गर्न सकिन्छ । यस सम्बन्धि सुचना दिन र लिन मोवाइल एस.एम.एस को समेत प्रयोग गर्न सकिन्छ ।

एक न एक दिन त अवस्था पक्कै सामान्य हुने छ । त्यतिखेर बालबालिकाको खेर गएको समयको क्षतीपुर्ती सहितको शैक्षिक योजना पनि बनाउनुपर्ने हुन्छ । सोही अनुसारको शैक्षिक तालिका तयार पार्ने र बालबालिकालाई मनोसामाजिक परामर्शको व्यवस्था सहितको शैक्षिक गतिविधि सञ्चालन गर्ने कुरामा ध्यान दिन जरुरी छ । कोरोना परिक्षणलाई दु्रत बनाउदै कोरोना भए नभएको निक्र्योल गरी भौतिक र सामाजिक दुरी कायम गरी तत्काल विद्यालय सञ्चालनमा ल्याउने तर्फ भने ध्यान दिन ढिलो गर्नु हुँदैन ।

कोइराला शिक्षण पेशामा आवद्ध छन् ।

प्रतिक्रिया