सिक्नु पर्ने पाठ : कक्षा कोठामा मात्र शिक्षा र सिकाइ हुने होइन


सम्पादकीय नोट : कोरोना भाईरस (कोभिड - १९)  का कारण आएको असहजतामा बालबालिकाको सिकाइ कसरी प्रभावकारी बनाउने ? के गर्न सकिएला ? सिकाइ सहजता र बालबालिकालाई केन्द्रमा राख्दा उब्जिएका प्रश्नको उत्तर खोज्ने क्रममा यस पटक हामीले शिक्षा मन्त्रालयका उपसचिव तथा शिक्षा विकास तथा समन्वय इकाइ तनहुँका प्रमुख रमाकान्त शर्माको आलेख प्रस्तुत गरेका छौं :

कोभिड - १९ को महामारीले समाजका धेरै पक्षमा प्रत्यक्ष तथा परोक्ष असर पुर्याएको छ । धेरै कुरामा नकारात्मक प्रभाव परे पनि केही सकारात्मक पाठ पनि सिकाएको छ । केही विगत समय देखि शिक्षा क्षेत्रले गर्नु पर्ने तर नगरिएका कामहरुलाई गर्नै पर्ने कामको रुपमा दरिलो पारिदिएको छ  ।  केही मौकाहरु समेत सिर्जना गरिदिएको छ । शिक्षाका नीति निर्माताले मात्र हैन बालबालिकालाई जीवन जीउने कला सिकाउँदै गरेका, भविष्यको समाजको लागि काम गर्दै गरेका शिक्षकहरुले पनि कोभिड - १९ मा भोगेका भोगाइबाट केही पाठ सिक्नु पर्ने भएको छ । शिक्षा सम्बन्धी नीतिहरु निर्धारण गर्नेले पनि अहिलेको अवस्थाबाट सिक्नु पर्ने र आफ्ना योजना, कार्यक्रम, व्यवहारमा परिमार्जन गर्नु पर्ने पाठ सिकाएको छ । 

कोभिड माहामारीका बेलामा शिक्षा र स्वास्थ्य सम्बन्धी सुविधाहरु समाजमा पुर्याउने कार्यमा नीजि क्षेत्र कामयावी देखिएन । कोभिड फैलिदै गर्दा नीजि अस्पतालहरु नाफाको सुनिश्चितता नहुँदासम्म मौन भएर बसे, सेवा प्रवाह गरेनन् । स्वास्थ्य सम्बन्धी जति पनि कार्य भए सरकारी तथा सार्वजनिक अस्पतालबाट भए । समाजमा अप्mठ्यारो परेका व्यक्ति समुहलाई खाना खुवाएर वा अन्य तरिकाले सहयोग गर्ने कार्यमा पनि नीजि क्षेत्रले कमाएको कमाइ उपयोग भएन । शिक्षा क्षेत्रमा लगानी गरेर प्रसस्त धन कमाएका ठूला विद्यालयका सञ्चालकहरुले पनि सामाजिक हित हुने, कठिनाइमा परेकालाई सहयोग पुर्याउने कार्य गर्न सकेनन् । पेशा, व्यवसाय तथा रोजगारीमा भएको अवरोधले गर्दा अभिभावकले नीजि विद्यालयको शुल्क तिर्न नसक्ने अवस्था सिर्जना भयो । अभिभावकबाट शुल्क नलिए सम्म निजी विद्यालय सञ्चालनकले शिक्षकलाई पारिश्रमिक दिन चाहेनन् तथा कतिले चाहेर पनि दिन नसक्ने अवस्था भयो । विगतमा कमाएको कमाइ अप्mठ्यारो अवस्थामा सहज तरिकाले प्रयोग हुन सकेन । एका तर्पm अभिभावकले शुल्क तिर्न नसक्ने अर्को तर्फ श्रमिकको रुपमा रहेका शिक्षकले तलब नपाउने अवस्था सिर्जना भयो । जस्तो सुकै अवस्थामा पनि निरन्तरता पाउनु पर्ने शिक्षा जस्तो महत्वपुर्ण क्षेत्र सार्वजनिक तथा सरकारी लगानीमा नै सञ्चालन हुनु पर्दछ भन्ने दरिलो आधार निर्माण भयो ।   

कोभिडको महामारीको अवस्थामा सार्वजनिक यातायातका साधन समेत अवरुद्ध भए । अझै भयावह अवस्था आएको भए आप्mनै खाद्य बस्तु उत्पादन हुन नसक्ने अवस्थाका शहर बजारमा घर मात्र बनाएर बस्नेहरु खान समेत नापाउने अवस्था आउने अनुमान गर्न कठिन थिएन । एकातर्फ रोगसंग लडनको लागि रोग क्षमता शक्ति बढाउनु पर्ने अर्को तर्फ तरकारी, फलफल खान नपाउने अवस्था सिर्जना भएको थियो ।  हाम्रा बालबालिकाहरुलाई पनि अब उत्पादनशील बन्ने, आफ्नो लागि अति आवश्यक र सम्भव हुने तरकारी, फलफुल, खाद्य वालीहरु उत्पादन गर्न सक्ने खालको शिक्षा दिनु पर्ने र आप्mनै स्थान विषेशमा उत्पादित बस्तुहरुको प्रयोगमा गर्न समेत प्रत्साहित गर्ने, बानी पार्ने आवश्यकता खड्कियो । 

बजार अर्थतन्त्रको प्रभावले गर्दा हाम्रा बालबालिकाको जिब्रोको स्वाद, खाने आनिबानी जस्ता कुराहरुमा पनि बजारको नियन्त्रण हुन पुगेको छ । यसको उदाहरण विकट हमाली र पहाडी क्षेत्रहरुमा समेत चाउचाउ, विस्कुटका खोलहरु र कोकोला प्mयान्टका खाली बोतलहरु छ्यापछ्याप्ती देखिनुले गर्दछ । बजारीया पत्रु खानाहरु चाउचाउ, विस्कुट, चिप्स, कोकोकोला, जस्ता प्mयाक्ट्री उत्पादित बस्तुले न त शरीरलाई चाहिने पोषण तत्व आपुर्ति गर्छ न आप्mनो उत्पादलाई प्रोत्साहन गर्छ ? यस्ता खानाहरुलाई निरुत्साहित गर्नु पर्ने आप्mनै स्थानीय उत्पानका विभिन्न स्वास्थ्यवर्दक खानाका स्वादहरुमा अभ्यस्त बनाउन प्रयत्न गर्नु पर्ने आवश्यकता कोभिडले महसुस गरायो । बालबालिकालाई पुस्तकका ज्ञानमा मात्र होइन स्वास्थ्यवर्दक खाना उत्पादन गर्ने सीपहरु पनि सिकाउनु पर्ने, एक्लै रहनु पर्ने अवस्थामा पनि खाना बनाएर खान झण्झट नमान्ने, आफै खानाका परिकार बनाएर खाँदा रमाउने बानी निर्माण गर्नु पर्ने आवश्यकता पनि टड्कारो खड्कियो ।

कतिपय बालबालिकाहरु आफुलाई व्यक्तिगत जीवनमा नभै नहुने कुराहरु जस्तो खाना बनाउने, कपडा धुने, सरसफाइ गर्ने, फुलविरुवाको संरक्षण गर्ने जस्ता कुरामा पनि अभिभावक प्रति आश्रित हुने अबस्था बढ्दै छ । कोभिड १९ ले व्यक्ति स्वावलम्वी हुनु पर्दछ, जीवनमा विभिन्न अवस्थामा एक्लै बस्नु पर्ने, अरुले चाहेर पनि सहयोग गर्न नसक्ने अवस्था आउन सक्दो रहेछन् भन्ने सिकाएको छ । अभिभावकले मात्र होइन शिक्षकले समेत शिक्षण सिकाइमा स्वावलम्वी बन्न सहयोग गर्ने सीपहरु सिकाउनु पर्ने महसुस भएको छ । जस्तो परिस्थिति आउँदा पनि, जस्ता सुकै समस्या  पर्दा पनि आप्mनो काम आफै गर्न सक्ने व्यक्ति निर्माण गर्न तर्फ ध्यान दिनु पर्ने भएको छ । 

कोभिड - १९ को माहमारीमा विश्व परिवेशले आत्मबल भएका, समस्यालाई सामना गर्ने शक्ति भएका व्यक्तिहरु भन्दा कमजोर मानसिकता भएका व्यक्तिहरु बढी पिडित हुने र मृत्यु हुनेमा परेको देखायो । यसबाट पनि विद्यालय र शिक्षकले बालबालिकालाई सानै कक्षा देखि निडर, समस्यासंग नआत्तिने, परिस्थिति अनुसार आफुलाई ढाल्न सक्ने, कठिन अवस्थामा पनि विचलित नहुने बनाउनु आवश्यक देखियो । कतिपय परिवारमा सानासाना किरा, फट्याग्रा समेतलाई हाउगुजी बनाउने, डराउन दिने, साना कुरालाई भयङ्कर बनाउने, हुँदै नभएका काल्पनिक कुरामा डरत्रास देखाउने गरेको भेटिन्छ । यस्ता कार्यले बालबालिकाको मनोबल कमजोर बनाउने हुँदा शिक्षकहरुले अभिभावक परामर्श गरेर, बालबालिकाको सोचाइमा परिवर्तन ल्याउन, घरपरिवारमा निर्माण भएका डरपोक, कमजोर मानसिकतालाई पनि सुधार गरी दृढ आत्मबल भएका ब्यक्ति निर्माण गर्न प्रयत्न गर्नु पर्ने आवश्यकता खड्कियो ।  

शिक्षा र सिकाइ भन्ने कुरा कक्षा कोठामा शिक्षकले व्याख्या गरेकै कुरा सुनेर वा शिक्षकको निगरानिमा सिकेर मात्र हुने कुरा होइन । माहामारीको समयमा लामो समय विद्यालय खाली भए, शिक्षक र विद्यार्थी टाढा रहन बाध्य भए यस्तो अवस्थामा जो विद्यार्थी स्वअध्ययन गर्न सक्ने, खोजी खोजी पुस्तक पढ्ने, शिक्षकको कक्षामा मात्र भर नपर्ने थिए तिनीहरुलाई तुलनात्मक रुपमा कम समस्या भयो । सिकाइलाई निरन्तरता दिन, समयको सदुपयोग गर्न सहज भएको देखियो । अबका दिनहरुमा पनि बालबालिकालाई शिक्षकले आफुले तयार गरेको ज्ञान भरिदिने भन्दा पनि स्वअध्ययन गर्ने, पुस्तक खोजी खोजी पढ्ने, नयाँ नयाँ पुस्तक पढ्न रमाउने जस्ता बानी निर्माण गर्नु अति आवश्यक देखियो । 

ज्ञान भन्ने कुरा यत्रतत्र छ । आफु भएको परिवेशबाट धेरै ज्ञानहरु लिन, सीपहरु सिक्न सकिन्छ । कोभिडले ल्याएको बन्दाबन्दीको समयमा पनि जो बालाबालिका तथा युवाहरु आफै ज्ञान आर्जन गर्न सक्ने सीप थियो तिनीहरुलाई विद्यालय तथा विश्वविद्यालय जान नपाएर पनि खासै फरक परेन । अत हाम्रा बालबालिका, विद्यार्थीमा ज्ञान खोज्ने, ज्ञान उत्पादन गर्ने, परिवेशबाट सिक्न सक्ने, सिकिरहेका कुरा भाषामा लिपिबद्ध गर्न, लेख्न तथा अभिलेख राख्न, आवश्यक परेको बेला व्यक्त गर्न सक्ने बनाउनु पर्ने रहेछ भन्ने कुरा कोभिडको महामारीले दरिलो पारिदिएको छ ।  

स्तरीय शिक्षा लिन शहर जानु पर्ने, गाउँठाउँका विद्यालयहरुले कमसल खालको शिक्षा दिए पनि हुने भन्ने मान्यता गलत थियो त्यसमा पनि महामारीले शिक्षा लिन शहर पसेका बालबालिका गाउँ फर्कनु पर्ने बाध्यता भयो । गाउँमा नै स्तरीय शिक्षा पाउने अवस्था निर्माण गर्न सकेमा शिक्षाको लागि शहर नै जानु पर्ने, डेरा गरेर बस्नु, अभिभावकबाट टाढा हुनु पर्ने, शहरमा पढाउनको लागि घरमा बृद्ध सासु ससुरा वा आमाबाबु छाडेर शहरमा गएर बस्नु पर्ने बाध्यता हुने थिएन । गाउँगाउँका विद्यालयहरु स्तरीय, विभिन्न तरिकाले शिक्षा दिन सक्ने भएको भए कोभिडको माहामारीमा पनि अभिभावकहरु मेरा बालबालिकाले स्तरीय शिक्षा नपाएर भविष्य बरवाद हुन्छ कि भनेर चिन्ता मान्नु पर्ने अवस्था आउने थिएन । त्यसैले, हरेक गाउँठाउँका विद्यालयहरुलाई स्तरीय शिक्षा दिन सक्षम बनाइ, हरेक गाउँका बालबालिकाले स्तरीय, व्यवहारिक सीपयुक्त शिक्षा पाउन सक्ने वातावरण निर्माण गर्नु पर्ने आवश्यकतालाई कोभिड महामारीले दरिलो पारिदिएको छ । यसको लागि संघीय सरकार देखि स्थानीय सरकार र सरोकारवालाको ध्यान जानु पर्ने र हरेक ठाउँका विद्यालयहरुलाई स्तरीय शिक्षा दिने सक्षम बानाउनु पर्दो रहेछ भन्ने तथ्यलाई महामारीले प्रष्ट परिदिएको छ ।  

कोभिड महामारीमा पनि सीर्जनात्मक क्षमता, परिस्थिति अनुकल चल्न सक्नेहरुले कसैले साहित्य सिर्जना गरे, कसैले अटोवायो ग्राफी लेखे, कसैले राम्रा राम्रा चित्रहरु निर्माण गरे । सिर्जनात्मक क्षमता विकास भएकाहरुलाई लकडाउन झनै मौका सावित भयो, गुमाउने भन्दा प्राप्ति गर्ने मौका मिल्यो ।  विद्यार्थीले कति तथ्यहरु स्मरण गरे, कति पाठहरु कण्ठ गरे भन्दा पनि सिर्जनात्मक सीप र क्षमता विकास गराउन प्रयास गर्नु पर्ने रहेछ भन्ने कुरामा बल थपिदिएको छ ।  एक पटक विकास गरेको सिर्जनात्मक क्षमताले जीवनमा ठुलो काम दिँदो रहेछ भनेर त्यस्ता सीप र क्षमता विकासमा जोडदिनु पनि अति आवश्यक देखिएको छ ।   

विद्यालय नखुलेको, शिक्षक विद्यार्थी टाढा रहेको अवस्थामा पनि जुन विद्यालयले पहिला देखि शिक्षण सिकाइमा सुचना तथा सञ्चार प्रविधिको प्रयोग गर्ने गरेको थियो त्यस्ता विद्यालयहरुलाई तुलनात्मक रुपमा खाली बस्नु परेन । हुन त रेडियो टेलिभिजन पनि केही मात्रमा शिक्षण सिकाइमा प्रयोग भए । टाढा रहेका शिक्षक र विद्यार्थी बीचमा सिकाइलाई निरन्तरता दिने कार्यमा सबै भन्दा अनलाइन शिक्षा प्रभावकारी पुष्टी भयो । टाढा रहेको अवस्थामा पनि गुगल कक्षा, जुम, स्काइप जस्ता माध्यमबाट शिक्षक र विद्यार्थीको अन्तरक्रिया, सिक्ने र सिकाउने कार्यले निरन्तरता पाउन सक्यो । जुन विद्यालयमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग गर्ने गरिएको थिएन, शिक्षकमा त्यस सम्वन्धी ज्ञान थिएन त्यस्ता शिक्षकहरु के गर्ने के नगर्ने अन्योलमा पर्ने अवस्था सिर्जना भयो ।  केही शिक्षकहरु महामारीको समयमा मात्र सुचना तथा सञ्चार प्रविधिको प्रयोग सम्वन्धी सिप सिक्न तर्फ लागे तर तत्काल सिकेको तथा हतारमा सिकेको सीपले अहिलेको महामारीमा कामयावी हुन सकेन, केवल शिक्षकको क्षमता विकासमा मात्र सहयोगी भयो । शिक्षण सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग गरी, विद्यार्थी आफै सिक्ने, उत्पे्ररित भएर सिक्ने, चाहना र रुची अनुसार सिक्ने, शिक्षकले नयाँनयाँ तरिकाको प्रयोग गरेर विद्यार्थीले सिकाइ गर्ने, ताजा ज्ञानलाई विद्यार्थीसम्प पुर्याउन सकिने, महामारीको अवस्थामा पनि सिकाइलाई निरन्तरता दिन सकिने प्रविधिको प्रयोग गर्नु अति आवश्यक रहेछ भन्ने महसुस गराएको छ । 

साथै महामारीले तीनै तहका सरकारले सार्वजनिक शिक्षालाई स्तरीय बनाउने कार्यलाई प्राथमिकतामा राख्नु पर्ने र लगानी बढाउनु पर्नेमा समेत दबाव सिर्जना गरेको छ ।   

[email protected]