Edukhabar
विहीबार, १५ चैत्र २०८०
विदेशमा शिक्षा

कोभिड संक्रमण : फ्रान्समा तीन साता विद्यालय बन्द

विहीबार, १९ चैत्र २०७७

काठमाडौं - कोरोना भाईरस (कोभिड - १९) को संक्रमण तिब्र रुपमा बढ्न थालेपछि फ्रान्समा आगामी तीन साताका लागि विद्यालय बन्द गरिने भएको छ  । राष्ट्रपति एमान्युल म्याक्रोले बुधबार टेलिभिजनबाट सम्बोधन गर्दै देशैभरि लकडाउन घोषणा गरेका हुन् ।  यस अघि बालबालिकाको पढाइमा अवरोध हुन नदिने र अर्थतन्त्रलाई चलायमान बनाइराख्ने उनले बताउँदै आएका थिए । तर संक्रमण तीव्र बन्दै गएपछि उनी त्यो योजनाबाट पछि हटेका अन्र्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

फ्रान्समा यो तेस्रो लकडाउनको घोषणा हो । शनिबार देखि लागु हुने लकडाउन कम्तिमा एक महिनासम्म रहने छ । संक्रमण बढ्न थाले पछि राजधानी पेरिस लगायत उच्च संक्रमण भएका केही स्थानमा यस अघि नै विभिन्न खाले प्रतिबन्धहरू लगाइएका थिए ।  फ्रान्समा अहिलेसम्म कोभिड १९ संक्रमणबाट १ लाख मानिसको मृत्यु भइसकेको छ । पछिल्लो समय खोप लगाउन थालिए पनि त्यसको गति सुस्त भएकाले नयाँ भेरियन्टस हित फ्रान्समा कोरोनाको तेस्रो लहर चलिरहेको बिबिसिले जनाएको छ । फ्रान्समा हिजो आज दैनिक औसतमा ४० हजार कोरोना संक्रमित थपिने गरेका छन् ।

 

प्रतिक्रिया