Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
गतिविधि

मल्लको नेतृत्वमा शिक्षा पत्रकार समूह

विहीबार, ०५ फागुन २०७८

काठमाडौं - शिक्षा पत्रकार समूहको ११ औं अधिवेशनले कृष्ण मल्लको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । रुपन्देहीबाट प्रकाशन हुने बुटवल टुडे दैनिकका सम्पादक मल्ल विगत दुई दशक देखि पत्रकारितामा संलग्न छन् । काठमाडौं बाहिर बसेर पनि शिक्षा बीटमा सकृय थोरै पत्रकार मध्ये मल्ल पनि पर्छन् । शिक्षा विषय केन्द्रित पाठशाला मासिक (हाल बन्द) को समेत सम्पादक भईसकेका मल्लले विभिन्न पत्रपत्रिकामा शिक्षाका विषय लेख्दै आएका छन् ।  

अधिवेशनले लामो समय देखि पत्रकारिता गर्दै आएकी निर्जला कक्षपतिलाई समूहको वरिष्ठ उपाध्यक्षमा चयन गरेको छ । उपाध्यक्षमा निवर्तमान महासचिव तथा शिलापत्र डटकमका पत्रकार जनक नेपाल र महासचिवमा देखापढी डटकमका रोशन क्षेत्री गाउँले चयन भएका छन् । सचिवमा इकागज डटकमका विष्णु विवेक विश्वकर्मा र कोषाध्यक्ष अन्नपूर्ण पोष्ट दैनिककी ममता थापा सर्वसम्मत चयन भएका छन् । 

यस्तै,  सदस्यहरूमा समूहका पूर्व अध्यक्ष हरि थापा, नवराज चालिसे, सबिना बानियाँ, राजकुमार बराल, राधा खनाल, दीपेन्द्रप्रसाद सिंह र अनिता श्रेष्ठ चयन भएका छन् । 

समयानुकुल शिक्षाका नीति नियम निर्माणमा वकालत र बदलिदों समय अनुसार सिकाइ सुदृढिकरण एवं शैक्षिक शुसासनका पक्षमा समूहको नयाँ कार्यसमितिले प्रभावकारी पैरवी गर्ने नवनिर्वाचित अध्यक्ष मल्लले एडुखबरसँग बताए । 

यस अघि समूहको २२ औं स्थापना दिवस तथा ११ औं अधिवेशन उद्घाटनका क्रममा सामुदायिक विद्यालय सुधारमा नमूना कार्य गरेका दुई जना प्रधानाध्यापक र  शिक्षा विटमा सकृय एक जना पत्रकारलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । जनज्योति माध्यमिक विद्यालय सुर्खेतका प्रधानाध्यापक नारायण सिग्देल र जनकल्याण मावि काठमाडौंकी प्रधानाध्यापक कुमारी कमला राईलाई सम्मान तथा कान्तिपुर दैनिकका सुदीप कैनीलाई तीर्थ भुसाल शिक्षा पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको थियो । 

प्रधानाध्यापक सहित तीनलाई सम्मान र पुरस्कार

 

प्रतिक्रिया