Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

शिक्षकको नयाँ पोशाकको नमूना

शुक्रबार, ०६ जेठ २०७९

काठमाडौं - सामुदायिक विद्यालयका शिक्षकको परिवर्तित नयाँ पोशाक ड्रेस कोडको नमूना* यस प्रकार रहेको छ । 

 


नेपाल शिक्षक महासंघबाट अनुरोध भईआएकोले पोशाक परिवर्तन गरिएको शिक्षा तथा मानव श्रोत विकास केन्द्रले जनाएको थियो । 

परिवर्तित पोशाकमा कालो जुत्तामा सुविधा अनुसार छालाको, कपडाको वा स्पोर्टस सुज लगाउन सकिने छ । टाइ, मोजा, टोपी आफ्नो रुची र सुविधा अनुसार लगाउन वा नलगाउन सकिने शिक्षक महासंघका महासचिव लक्ष्मी किशोर सुवेदीले जनाएका छन् ।

यहि शैक्षिक सत्रबाट लागू हुने गरी शिक्षा तथा मानव श्रोत विकास केन्द्रले शुक्रबार पोशाकको ड्रेस कोड परिवर्तन गर्ने निर्णय गरेको थियो । 

पढ्नुहोस् : शिक्षकको पोशाक परिवर्तन

* पोशाकका नमूना महासंघका महासचिव लक्ष्मी किशोर सुवेदीबाट प्राप्त ।

 

प्रतिक्रिया