Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
गतिविधि

शिक्षकको पोशाक परिवर्तन

शुक्रबार, ०६ जेठ २०७९

भक्तपुर - सामुदायिक विद्यालयका शिक्षकको पोशाक ड्रेस कोड परिवर्तन गरिएको छ । यहि शैक्षिक सत्रबाट लागू हुने गरी शिक्षा तथा मानव श्रोत विकास केन्द्रले शुक्रबार पोशाकको ड्रेस कोड परिवर्तन गर्ने निर्णय गरेको हो । 

साडी, ब्लाउज, कुर्ता सुरुवालमा परिवर्तन नगरिएको तर अन्य पोशाकको रङ परिवर्तन गरिएको छ । अब शिक्षकको सुट अर्थात् कोट प्याण्टको रङ गाढा खैरो, सर्ट हल्का निलो, ज्याकेट गाढा खैरो, स्वेटर कलेजी र जुत्ता कालो हुने छ । यो पोशाक महिला पुरुष दुबैका लागि रहेको र ज्याकेट र स्वेटर मौसम अनुसार हुने निर्णय भएको केन्द्रले जनाएको छ ।   

शिक्षक महासंघबाट अनुरोध भईआएकोले परिवर्तन गरिएको भन्दै केन्द्रले उक्त निर्णयको परिपत्र जिल्ला स्थित सबै इकाइ र पालिकालाई पठाएको छ । पोशाकको नमूना महासंघबाट पाउन सकिने जनाईएको छ । 

शिक्षकको नयाँ पोशाकको नमूना 

पढ्नुहोस् परिपत्र :

 

प्रतिक्रिया