Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

चुनावका बेला चार दिन विद्यालय बन्द, दुई दिन सार्वजनिक विदा

मंगलबार, २९ कार्तिक २०७९

काठमाडौं - आगामी मंसिर ४ गते हुने चुनावका लागि सरकारले चार दिन विद्यालय बन्द र दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतदान स्थल रहेका शिक्षण संस्था विद्यालयहरुमा दुई देखि पाँच गते सम्म चार दिन र सरकारी कार्यालय तथा सार्वजनिक निकायहरुमा मंसिर चार र पाँच गते दुई दिन सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको हो । 

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले मंगलबार सूचना जारी गरेर उक्त सरकारी निर्णयका बारेमा सार्वजनिक जानकारी गराएका छन् । यस अघि नै कतिपय पालिकाहरुले सार्वजनिक विदाको सूचना जारी गरिसकेका छन् । 

 

प्रतिक्रिया