Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
गतिविधि

पढिरहेको कलेज अनुमति विनै सञ्चालन भएको थाहा पाए पछि ...

मंगलबार, १३ मंसिर २०७९

भक्तपुर - आफैं पढेको कलेज अनुमति र स्वीकृति विनै सञ्चालन भएको खबर सार्वजनिक भएसँगै सूर्यविनायकको घलातेस्थित सुवाल इन्टरनेसनल कलेजका विद्यार्थी आन्दोलित भएका छन् । कलेज सञ्चालनको अनुमति र स्वीकृति नै नलिई विद्यार्थी भर्ना गरिएको तथ्य थाहा पाएपछि विद्यार्थी धर्नामा बसेका छन् । उनीहरुले कलेजबारे सत्यतथ्य विषय बाहिर ल्याउन माग गर्दै जगाति प्रहरी कार्यालमा धर्ना दिएका हुन् । 

कलेजमा नर्सिङ, फार्मेसी र एचए अध्ययनका लागि भर्ना भएका विद्यार्थी अहिले कलेजले अहिलेसम्म २ सय ७० बढी विद्यार्थी भर्ना गरिसकेका छन् । कलेजले विद्यार्थी हेरेर भर्ना शुल्क लिएको छ । 

‘कोहीसँग ५० हजार, कोहीसँग ३ लाख लिइसकेको छ, मैले भने ३० हजार मात्र दिएको छु’, प्रहरी परिसरमा भेटिएकी नर्सिङ अध्ययनरत एक विद्यार्थीले भनिन् ।

कलेजले छिट्टै सम्बन्धन र स्वीकृति दिने क्रममा रहेको कलेज प्रशासनले जानकारी दिएपछि आफू भर्ना भएको उनले बताइन् । 

कलेजले एक महिना भन्दा अघि देखि कक्षा सञ्चालन गरिरहेको विद्यार्थीले बताए । 

कलेज सञ्चालक तथा प्राचार्य प्रकाश सुवालले सो विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । उनले विद्यार्थीलाई एक साता भित्रमा शिक्षा मन्त्रालय, सिटीइभिटीबाट सम्बन्धन ल्याउने आश्वासन दिएको विद्यार्थीको भनाइ छ । सो विषयमा आवश्यक अनुसन्धान र सोधपुछ गरिरहेको प्रहरी वृत्त जगातिका डिएसपी राजकुमार श्रेष्ठले बताए ।

प्रतिक्रिया