Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

शिक्षा अधिकृत घुस सहित पक्राउ, शिक्षक सरुवामा चलखेल

विहीबार, २५ फागुन २०७९

काठमाडौ - ललितपुर महानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत शेषकान्त पौडेल पक्राउ परेका छन् । शिक्षक सरुवा गर्न घुस लिएको अभियोग सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार कार्यकक्षबाटै पक्राउ गरेको हो ।

पौडेललाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकम सहित कार्य कक्षबाटै नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।  

शिक्षक सरुवा गर्न सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग घुस÷रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगबाट खटिएको टोलीले नियन्त्रणमा लिएको आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जनाएका छन् । 

प्रतिक्रिया