Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

नियमित हुन नसकेको स्ववियु चुनावमा उत्साह

आइतबार, ०५ चैत्र २०७९

काठमाडौं - त्रिभुवन विश्वविद्यालय अन्र्तगतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन उत्साहपूर्ण रुपमा भएको छ । हरेक दुई दुई बर्षमा हुनु पर्ने व्यवस्था भए पनि २०६५ साल देखि नियमित हुन नसकेको चुनावमा विद्यार्थीको सहभागिता उल्लेख्य देखिएको छ । त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन हुँदैछ ।  आईतबार विहान ८ बजे देखि विद्यार्थी मतदातमा सहभागी भएका छन् । 

प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु चुनाव १४ बर्ष देखि नियमित हुनसकेको थिएन । आईतबार पनि आन्तरिक विवादका कारण १३ वटा क्याम्पसमा चुनाव हुन नसकेको स्ववियु चुनाव केन्द्रीय अनुगमन तथा समन्वय समितिले जनाएको छ । काठमाडौं उपत्यकाभित्रका ७ र बाहिरका ६ वटा क्याम्पसमा चुनाव हुन नसकेको समितिका सदस्य सचिव प्राध्यापक पशुपति अधिकारीले जानकारी दिए । काठमाडौंमा २२ आंगिक क्याम्पसहरूमध्ये अस्कल, त्रिचन्द्र, आरआर, विश्वभाषा, मिनभवन, आयुर्वेद कीर्तिपुर र पाटन गरी ७ क्याम्पसमा चुनाव स्थगित भएको छ । उपत्यका बाहिरका पृथ्वीनारायण क्याम्पस पोखरा, ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्ज लगायतका क्याम्पसमा चुनाव हुन नसकेको अधिकारीले जानकारी दिए । कतिपय क्याम्पसमा भने निर्विरोध नेतृत्व चयन र्भसकेको छ । 

समितिका सदस्य सचिव अधिकारीले शनिबार विज्ञप्ति जारी गर्दै चुनवामा सहयोग गर्न अपिल गरेका थिए । संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार, सुरक्षाकर्मी, पत्रकार, नागरिक समाज सबैलाई चुनाव सम्पन्न नहुन्जेलसम्म आवश्यक सहयोग गर्न उनले अपिल गरेका छन् । 

अध्ययनरत विद्यार्थीको हक हितको संरक्षण र शैक्षिक विषयमा क्याम्पसहरुसँग सहकार्य गर्ने स्ववियुको मुख्य जिम्मेवारी हो ।  चुनावले स्ववियुको अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित गर्ने छ । भने उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य भने समानुपातिक प्रणालीबाट चुनिने छन् । 

राजनीतिक दलका भातृ संगठनका रुपमा कृयाशिल विद्यार्थी सँगठनले सत्ता साझेदारी तथा कार्यक्रमको आधारमा प्यानल बनाएर उम्मेदवारी दिएका छन् । कतिपय विद्यार्थीले गैरदलीय रूपमा पनि उम्मेदवारी दिएका छन् । 

दुई सयसम्म विद्यार्थी भएमा ११, एक हजार विद्यार्थी रहे १५ र तीन हजारसम्म विद्यार्थी भएका क्याम्पसमा १९ र त्योभन्दा बढी विद्यार्थी अध्ययनरत क्याम्पसले २१ सदस्यीय स्ववियु चयन गर्नेछन् । 

२०१८ सालदेखि त्रिविमा स्ववियुको सुरुवात भएको हो । २०३६ सालदेखि दुई÷दुई वर्षमा सञ्चालन हुँदै आएको निर्वाचन २०६५ देखि नियमित हुन सकेको थिएन । गत वर्षहरूमा पटक÷पटक निर्वाचनको प्रयास गर्दा सफल हुन सकेको थिएन । मिश्रित निर्वाचन प्रणाली र उम्मेदवारको उमेरहद २८ वर्ष तोक्ने विद्यार्थी सँगठन सहमत भए पछि चुनाव हुने वातावरण बनेको थियो ।

विद्यार्थी संख्या र अवस्था हेरेर मतपरिणाम सार्वजनिक गरिने सििमतले जनाएको छ । 

प्रतिक्रिया