Edukhabar
शनिबार, १५ बैशाख २०८१
विदेशमा शिक्षा

बढ्दो वायु प्रदूषणका कारण प्राथमिक तहसम्मका विद्यालयहरुमा पठनपाठन बन्द

कक्षा ६ देखि माथिका कक्षाहरुको पढाई भौतिक रुपमा गर्ने की अनलाईन माध्यमबाट गर्ने भन्ने निर्णय विद्यालय प्रमुखले गर्न सक्ने

सोमबार, २० कार्तिक २०८०

दिल्ली - बढ्दो वायु प्रदूषणका कारण भारतको राजधानी नयाँ दिल्लीमा प्राथमिक तहसम्मका विद्यालयहरुमा पठनपाठन बन्द गरिएको छ । आगामी शुक्रबार सम्म विद्यालयहरु बन्द गर्ने सरकारको निर्णय छ । कक्षा ६ देखि माथिका कक्षाहरुको पढाई भौतिक रुपमा गर्ने की अनलाईन माध्यमबाट गर्ने भन्ने निर्णय विद्यालय प्रमुखले गर्न सक्ने छन् । दिल्लीका शिक्षामन्त्री आतिशी मार्लेनाले प्राथमिक विद्यालय बन्द रहने भए पनि कक्षा ६ देखि १२ सम्मका शिक्षकलाई अनलाइन कक्षा लिने विकल्प दिइएको बताएका छन् ।

समाचार एजेन्सी एएनआईका अनुसार माथिल्ला कक्षाहरुको पठनपाठनका बारेमा राज्य सरकारले निर्णय लिन सक्ने जनाईएको छ । प्रदूषणबाट बालबालिकाहरु प्रभावित हुने भएपछि कात्तिक २४ गतेसम्म दिल्लीका सबै प्राथमिक विद्यालयहरु बन्द गरिएको द क्विन्टको हिन्दी संस्करणले जनाएको छ । 

दिल्लीमा समग्र वायु गुणस्तर सूचकांक (एक्युआई) आइतबार ४८२ मा रेकर्ड गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जुन गम्भीर अवस्था हो । भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार दिल्लीमा लागेको बाक्लो तुवाँलो धमिलो दृष्य यस्तो अझै केही दिन कायम रहने छ ।

दिल्लीमा हरेक बर्ष जाडो महिनाहरुमा वायु प्रदूषण उच्च हुने गरेको छ । नजिकैका राज्यहरू, विशेष गरी उत्तर प्रदेश, हरियाणा, पञ्जाब लगायत स्थानका किसानहरूले पराल जलाउनु र सवारी साधनबाट निस्किने विशाक्त धुँवालाई वायु प्रदूषणको प्रायः प्रमुख कारणको रूपमा लिने गरिएको छ । 

वायु प्रदुशणका कारण निर्माण कार्यमा प्रतिवन्ध लगाईएको छ । सवारी साधनको पैवेशमा पनि कडाई गरिएको छ । सरकारी एवं निजी संस्थाका कर्मचारीलाई घरबाटै काम गनै निर्देशन गरिएको छ । 

फोटो : न्युज एनसीआर 
 

प्रतिक्रिया