Edukhabar
शनिबार, १२ साउन २०८१
गतिविधि

मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिको पनि खुला विज्ञापन

कार्यकाल सकिनु अघि नै नयाँ उपकुलपति छनौट प्रक्रिया अघि बढाएको हो

शुक्रबार, २६ माघ २०८०

काठमाडौँ–मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति छनौट समितिले शुक्रवार उपकुलपतिको खुला विज्ञापन गरेको छ । 

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारी, शिक्षा सचिव सुरेश अधिकारी र योजना आयोगका शिक्षा हेर्ने सदस्य रमेशचन्द्र पौडेल रहेको छनौट समितिले उपकुलपति छनौटको कार्यविधि बनाएर विज्ञापन गर्ने निर्णय गरेको हो । 

Screenshot 2024-02-09 at 10.02.26

सुदूरपश्चिम विश्वविद्यालयको प्रा.अमरराज जोशी र मध्यपश्चिम विश्वविद्यालयमा प्रा. नन्दबहादुर सिंह ०७६ फागुन १८ मा नियुक्त भएका थिए । उनीहरूको कार्यकाल सकिनु अघि नै नयाँ उपकुलपति छनौट प्रक्रिया अघि बढाएको हो । 

यसअघि भएको त्रिवि र पूर्वाञ्चल विश्वविद्यालयको विज्ञापनमा दर्खास्त,सोच पत्र र चार वर्षीय बिजनेस प्लान एकै पटक पेस गर्ने प्रावधान राखेको थियो । मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयमा भने निवेदन, शैक्षिक योग्यता, अनुभव, शैक्षिक योग्यता, अनुभव, प्राज्ञिक अनुसन्धान परियोजना, समकक्ष समिक्षित जर्नल तथा र्याङक जर्नलमा प्रकाशित अनुसन्धानमूलक लेख, विश्वविद्यालयमा कुनै स्वार्थ नभएको स्वघोषणा प्रमाण पहिलो चरणमा पेस गर्नु पर्ने प्रावधान राखेको छ । पहिलो चरणमा पेस गरेको व्यक्तिगत विवरणको आधारमा सर्ट लिस्ट भएका व्यक्तिले मात्रै विश्वविद्यालयको सोचपत्र र चार वर्षीय बिजनेस प्लान पेस गर्नु पर्ने प्रावधान राखेको छ । 

 

प्रतिक्रिया