Edukhabar
सोमबार, १७ बैशाख २०८१
खबर/फिचर

नयाँ शिक्षा मन्त्री : शब्द चित्र

गत निर्वाचनबाट उदाएको रास्वपाको आदिवासी जनजाती कोटाबाट समानुपातिक तर्फकी सांसद उनी त्यस अघि कुनै पनि राजनीतिक गतिविधिमा संलग्न थिईनन् ।

बुधबार, २३ फागुन २०८०

काठमाडौं - दलहरु बिच सत्ता समिकरण बदलिएसँगै शिक्षा मन्त्रालयको जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले पाएकी छन् ।  काठमाडौं महानगरपालिका वडा नम्बर २६ याकुपाकी स्थायी बासिन्दा उनी पछिल्लो समय टोखा स्थित एक अपार्टमेण्टमा बस्दै आएकी छन् ।

आमा मिना देवी श्रेष्ठ र बाबु रमेश प्रसाद श्रेष्ठको सन्तानका रुपमा उनी २०४१ साल असोज १५ गते जन्मिएकी हुन् । 

गत २०७९ सालको निर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीको आदिवासी जनजाती कोटाबाट उनी समानुपातिक तर्फकी सांसद हुन् । उनी त्यस अघि कुनै पनि राजनीतिक गतिविधिमा संलग्न थिईनन् । 

उनले व्यवस्थापनमा स्नातकोत्तर गरेकी छन् । काठमाडौंको क्षेत्रपाटि स्थित सरस्वती बोर्डिङबाट एसएलसी उत्तीर्ण गरे पछि उनले बुढानिलकण्ठ स्कुलमा ए–लेभल पढिन् । त्यसपछि अमेरिकाको ब्रायन मावर कलेज र ह्याभरफोर्ड कलेजबाट अर्थशास्त्र र गणितमा स्नातक गरिन् । त्यसपछि सन् २०११ मा उनले एमआईटी स्लोन स्कूल अफ म्यानेजमेण्टबाट बिजनेस एडमिनिष्ट्रेशनमा स्नातकोत्तर गरेकी हुन् । विश्वका विभिन्न कम्पनीहरुमा व्यवस्थापन परामर्शदाताका रुपमा काम गरेकी श्रेष्ठ सामाजिक मुद्दाहरुमा पनि कृयाशील छन् । २०७२ सालको भुकम्पले क्षती पुर्याएका काठमाडौंका सम्पदाहरु काष्ठमण्डप, रानीपोखरी लगायतका सम्पदा पुर्नस्थापना र संरक्षणका मुद्दामा जारी वकालतमा उनी संलग्न थिईन् । 

उनी यस अघि प्रतिनिधि सभा अन्तरगतको शिक्षा समितिको सदस्य छन् । संसद र समितिमा बोल्नु अघि अध्ययन अनुसन्धान गरेर बोल्ने सांसदको छवि बनाएकी श्रेष्ठले संसदको क्यालेण्डर हुनुपर्ने प्रस्ताव राखेकी थिइन् । संसदले हिउँदे अधिवेशन देखि क्यालेण्डर लागू गरिसकेको छ । शिक्षाका विषयमा गहन अध्ययन सहित समितिको बैठकमा प्रस्तुत हुँदै आएकी श्रेष्ठ अब, यस अघि आफूले संसदीय समितिमा उठाएका विषय कार्यान्वयन गर्ने ठाउँमा उनी पुगेकी छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहालले गत सोमबार नेपाली कांग्रेस सँगको सत्ता गठबन्धन भत्काएर नेकपा एमालेसँग समिकरण बनाए पछि सत्ता साझेदार दलहरुले आआफ्ना भागमा परेका मन्त्रालयका लागि नयाँ मन्त्रीहरुको नाम सिफारिस गरेका थिए । 

शिक्षामन्त्रीको बारेमा थप 

 

प्रतिक्रिया