Edukhabar
सोमबार, १७ बैशाख २०८१
गतिविधि

शिक्षा मन्त्रीको पहिलो निर्णय : शिक्षा क्षेत्रमा जारी राजनीतिकरणको अन्त्य

नव नियुक्त मन्त्री श्रेष्ठ भन्छिन् - पदेन मान्छेहरु नेतृत्व तहमा हुने अहिलेको प्रावधानहरु हटाउनका लागि के के प्रकृया थाल्नु पर्छ त्यो कानूनी प्रकृया थालौं भनेर यो निर्णय गरेको हो ।

बुधबार, २३ फागुन २०८०

काठमाडौं - शिक्षा क्षेत्रमा जारी अती राजनीतिकरणको अन्त्य गर्न आवश्यक कानूनी प्रवन्ध गर्ने निर्णय गर्दै नव नियुक्त शिक्षा मन्त्री सुमना श्रेष्ठले पदवहाली गरेकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टिकी सांसद श्रेष्ठले शिक्षा क्षेत्रमा भईरहेको राजनीतिकरणका विरुद्ध संसद देखी सार्वजनिक मञ्चहरुमा आफ्ना धारणा व्यक्त गर्दै आएकी थिईन् । शिक्षा क्षेत्रमा जारी अती राजनीतिकरणलाई कानूनी प्रवन्धबाटै निरुत्साहित गर्न जरुरी रहेको ठहर गर्दै मन्त्रीका रुपमा पहिलो निर्णय गरेको उनले बताईन् । खास गरी पदेन पदहरुका आवरणमा हुने राजनीतिकरणका बारेमा उनको विमती रहँदै आएको छ । 

'शिक्षा क्षेत्रमा अति राजनीतकररण हुँदै गएको विषय शुरुदेखि नै मेरो प्राथमिकतामा रहेको छ' निर्णय प्रतिमा हस्ताक्षर गरे पछि सञ्चारकर्मीहरुसँग उनले भनिन् 'पदेन मान्छेहरु नेतृत्व तहमा हुने अहिलेको प्रावधानहरु हटाउनका लागि के के प्रकृया थाल्नु पर्छ त्यो कानूनी प्रकृया थालौं भनेर यो निर्णय गरेको हो ।'

उनले गरेको निर्णयमा भनिएको छ - नेपाली युवालाई नेपालमै गुणस्तरीय प्रदान गर्न त्रिभुवन विश्वविद्यालय लगायत संघीय कानून अन्र्तगत स्थापना तथा सञ्चालनमा रहेको मौजुदा १३ वटा विश्वविद्यालयहरु मध्ये ११ वटा विश्वविद्यालयमा रहेको कुलपति तथा सहकुलपतिको व्यवस्थालाई समसामयिक रुपमा परिमार्जन गर्दै विश्वविद्यालयको नेतृत्व प्राज्ञिक तथा विज्ञ व्यक्तित्वबाट हुने गरी कानूनी प्रवन्ध गर्न आवश्यक भएकोले मौजुदा विश्वविद्यालय सम्बन्धि ऐन तथा उच्च शिक्षा सम्बन्धि कानूनमा सोही बमोजिम सुधार गर्न आवश्यक व्यवस्थाको लागि प्रारम्भिक काम कारवाही अगाडी बढाईने छ ।  

sumana_1st

आफ्नो प्राथमिकता बारेमा कर्मचारीहरुसँग बसेर छलफल गरेपछि बल्ल स्पष्ट खाका बनाउने उनले बताईन् ।

'स्थायी सरकार भनेको कर्मचारीतन्त्र हो पहिला टिम सँग बस्छु अपडेट लिन्छु बेसलाईन थाहा पाउँछु के गरेर नतिजा आउँछ त्यो अनुसार कार्ययोजना बनाउँछु अनी योजना सहित सार्वजनिक गर्छु' उनले भनिन् । 

बुधबार अबेर राष्ट्रपति भवनमा सपथ ग्रहण गरेर सिंहदरबार स्थित शिक्षा मन्त्रालयमा पदभार ग्रहण गर्न आएकी श्रेष्ठलाई मन्त्रालयका कर्मचारीले स्वागत गरेका थिए । हजुर आमाको निधन भएका कारण शोकमा रहेकी मन्त्री श्रेष्ठले खादा माला र अविर लगाईनन् । राती अबेर सम्म कुरेर बसेका कर्मचारीले दिएका फूलका गुच्छा र खादा उनले हातमा लिईन् । 

सत्ता समिकरण बदलिएसँगै पुर्नगठन भएको मन्त्रीमण्डलमा समावेश भएका नयाँ मन्त्रीहरुको सूची यस प्रकार छ :

new_cabinet
 

प्रतिक्रिया