Edukhabar
विहीबार, २७ बैशाख २०८१
गतिविधि

नयाँ उपकुलपतिका लागि २० जनाको दरखास्त स्वीकृत, २७ गते भित्र कार्ययोजना पेश गर्नु पर्ने

सत्ता समिकरण परिवर्तन भएसंगै दुबै विश्वविद्यालयको रोकिएको उपकुलपति छनोट प्रक्रिया अघि बढेको थियो ।

मंगलबार, २० चैत्र २०८०

भक्तपुर - दुई विश्वविद्यालयमा नयाँ उपकुलपति छनोटको लागि परेका आवेदन मध्ये २० जनाको दरखास्त स्वीकृत भएको छ । मध्यपश्चिम र सुदुर पश्चिम विश्वविद्यालयमा नयाँ उपकुलपति छनोटको प्रकृया अन्र्तगत दुबै विश्वविद्यालयका लागि १० १० जनाको दरखास्त स्वीकृत भएको हो । 

मध्य पश्चिमका लागि कबिप्रसाद पोखरेल, केशरसिंह राना, देबबहादुर खड्का, ध्रुव कुमार गौतम, नन्द बहादुर सिंह, विनय कुमार मिश्र, भोलानाथ शर्मा घिमिरे, मुकुन्द प्रकाश क्षेत्री, यम बहादुर कार्की र शोभाखर कँडेलको दरखास्त स्वीकृत भएको हो । उनीहरु सबै जना प्राध्यापक डाक्टर हुन् । 

यस्तै सुदुर पश्चिमका लागि अक्कल देव मिश्र, तारादत्त भट्ट, ध्रुव कुमार गौतम, पदमराज जोशी, पूर्ण बहादुर चन्द, भवानी दत्त जोशी, यज्ञराज पाठक, यज्ञराज भट्ट, राजेशकुमार ठगुराठी र हेमराज पन्तको दरखास्त स्वीकृत भएको हो । उनीहरु मध्ये यज्ञराज भट्ट, पाठक र ठगुराठी प्राध्यापक हुन् भने बाँकी सात जना प्राध्यापक डाक्टर हुन् । 

उनीहरुलाई चैत २७ गते भित्र विश्वविद्यालय सम्बन्धि सोचपत्र र विश्वसवद्यालयको चार बर्षे व्यवसायिक कार्ययोजना पेश गर्न विश्वविद्यालय अनुदान आयोगले सूचीत गरेको छ ।  

दुबै विश्वविद्यालयका प्राध्यापक संघ संगठनले उपकुलपतिका लागि आवश्यक पर्ने योग्यतामा अनुसन्धानलाई प्राथमिकता दिएको भन्दै विरोध जनाए पछि कांग्रेस सभापति शेरबहादुर देउवाको दवावमा प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा फागुन ६ गते छनोट प्रक्रिया नै स्थगित भएको थियो । 

पढ्नुहोस् : मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति प्रक्रिया स्थगित

उपकुलपति छनोट रोक्न प्राध्यापक संघले यसरी गरे चलखेल

सत्ता समिकरण परिवर्तन भएसंगै दुबै विश्वविद्यालयको रोकिएको उपकुलपति छनोट प्रक्रिया अघि बढेको थियो । सत्ता गठबन्धन फेरिए सँगै अनुसन्धानलाई नै प्राथमिकता दिएको कार्यविधि अनुसार छनोट सुरु गर्ने संकेत पाएपछि विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारी संयोजक रहेको समिति सक्रिय भएको थियो । समितिको १२ गते बसेको बैठकले पुनः दर्खास्त दिने सूचना निकालेको थियो । 

प्रतिक्रिया