Edukhabar
विहीबार, २७ बैशाख २०८१
गतिविधि

मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति प्रक्रिया स्थगित

उपकुलपति पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिको आइतबार बसेको बैठकले प्रक्रिया रोक्ने निर्णय

आइतबार, ०६ फागुन २०८०

काठमाडौँ– मध्यपश्चिम विश्वविद्यालय तथा सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया स्थगित भएको छ । 
उपकुलपति पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिको आइतबार बसेको बैठकले प्रक्रिया रोक्ने निर्णय गरेको हो । 

notice
०८० माघ २५ मा सूचना प्रकाशन गरेर दर्खास्त आव्हान गरिएको थियो । उपकुलपति हुन चाहनेले विश्वविद्यालय अनुदान आयोग दर्खास्त दिइरहेको बेला प्रक्रिया रोक्ने निर्णय गरेको हो । ‘हाललाई दरखास्त सम्बन्धी सम्पूर्ण प्रक्रिया स्थगन गर्ने निर्णय गरेको हुँदा सम्पूर्णमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’छनोट समितिले जारी गरेको सूचनामा उल्लेख छ । 

प्रतिक्रिया